5 years ago
August 18, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ ।

सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना एमेजन वारियर्स, सेन्ट लुसिया जुक्स, जमैका तलावाज र ट्रीनबेगो नाइट राइडर्सबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन जमैकाबाट सिपिएल खेल्ने छन् । सिपिएल सेप्टेम्बर १० सम्म चल्ने छ । सेप्टेम्बर १९ देखि यूएईमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुने हुँदा सिपिएल खेलाडीलाई कोरोना महामारीपछि सबैभन्दा राम्रो तयारी पनि हुने छ ।
सिपिएलको उद्धघाटन खेलमा आज गुयाना एमेजन वारियर्स र ट्रीनबेगो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ७ : ४५ देखि सुरु हुने छ । गुयानामा वेस्टइन्डिजका युवा ब्याट्सम्यान शिम्रन हेटमायर, निकोलस पूरन, न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर, दक्षिण अफ्रिका स्पिनर इमरान ताहिर, अष्ट्रेलियाका स्पिनर क्रिस ग्रिन जस्ता खेलाडी छन् ।

राइडर्समा वेस्टइन्डिजका अलराउन्डर काइरान पोलार्ड कप्तानका रुपमा छन् । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो, विकेटकिपर टिम सिफर्ट, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, भारतीय अनुभवी स्पिनर प्रबिण ताम्बे र वेस्टइन्डिजका अलराउन्डर सुनिल नारायण जस्ता खेलाडी छन् ।
वारियर्स र राइडर्सबीच सिपिएलमा कुल १९ खेल भएको छ । जसमा राइडर्सले १० र वारियर्सले ९ खेल जितेका छन् । सिपिएल कोरोनामहामारी पछि हुने पहिलो टि२० शैलीको प्रतियोगिता र फ्रेन्चाइज लिग हो । कोरोना महामारीको कारण सिपिएलका सबै खेल समर्थक बिनाको खाली रंगशालामा हुने छन् ।
सन्दीप सम्मिलित जमैकाले पहिलो खेल बुधबार जुक्सविरुद्ध खेल्ने छ । नेपाली स्पिनर सन्दीपलाई जमैकाले ९० हजार डलर अर्थात १ करोड ८ लाख नेपाली रुपैयाँमा बराबरीमा अनुबन्ध गरेको थियो । यसअघि राष्ट्रिय टोलीको अन्तराष्ट्रिय खेल जुधेको हुँदा सन्दीपले पूरै सिजन खेल्न पाएका थिएनन् ।

यस पटक सिपिएल र आइपिएल दुवैको समयमा नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले सन्दीपले सिपिएल र आइपिएल दुबै पुरै संस्करण खेल्ने छन् । यसअघिका दुबै सिजन सन्दीपले फरक फरक टोलीबाट खेलेका थिए । सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलेका थिए ।
यो पनि पढ्नुहोस् : सिपिएलमा सर्वाधिक विकेट लिन सक्ने पाँच खेलाडी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]