5 years ago
August 21, 2020
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पहिलो हार बेहोरेको छ । शुक्रबार विहान भएको खेलमा जमैका ट्रीनबेगो नाइट राइडर्ससँग ७ विकेटले पराजित भयो ।

जमैकाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रीनबेगो नारायणको सानदार अर्धशतकसँगै जिततर्फ अग्रसर बनेको थियो । टोलीले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । जमैकाका फिडेल एडवार्ड्सले इनिङको तेस्रो बलमा नै लेन्डल सिमन्सलाई शून्यमा पेभेलियन फर्काएका थिए । त्यसपछि नारायण र मुनरोले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै जमैकालाई खेलमा पकड जमाउन दिएनन् ।
नारायणले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गर्ने क्रममा ३५ बलमा आँकडा पूरा गर्दै ट्रीनबेगोलाई जिततर्फ उन्मुख गराएका थिए । ११ औं ओभरको पाँचौ बलमा सन्दीपले नारायणको महत्त्वपूर्ण विकेट लिँदै जमैकालाई खेलमा फर्काए । नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए । उनले ३८ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोडे । दोस्रो विकेटका लागि उनले मुनरोसँग ७५ रनको साझेदारी गरेका थिए ।
नारायणपछि क्रिजमा आएका ड्यारेन ब्राभो १७ बलमा १४ रन जोड्दै मुजिब उर रहमानको बलमा उनकै हातबाट समातिए । मुनरो ४६ बलमा ४९ रन जोड्दै नटआउट रहे । उनले ५ चौका र २ छक्का प्रहार गरे । कप्तान पोलार्ड ५ बलमा १ चौकासहित ५ रन जोड्दै नटआउट रहे ।
जमैकाका लागि सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा १३ रन दिँदै १ विकेट हात पारे । एडवार्ड्सले पनि ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो । ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । फिलिप्सले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै छैटौं विकेटका रुपमा जेडन सेल्सको शिकार बनेका थिए ।

अर्का ओपनर चाडविक वाल्टन इनिङको दोस्रो बलमा नै खाता नखोली अलि खानको बलमा क्याच आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा नै निकोलस किर्तोन सेल्सको एलबीडब्लु धरापमा परे । उनी गोल्डेन डकमै पेभेलियन फर्किए । तेस्रो ओभरमा कप्तान रोभमान पावेल ८ रन जोड्दै अलि खानको बलमा क्याच आउट भए ।
आसिफ अलीले १६ बलमा २ छक्कासहित २२ रन जोड्दै रन गति बढाउन मदत गरे । उनलाई आठौं ओभरमा सुनिल नारायणले बोल्ड गरेका थिए । कार्लोस ब्रेथवेट ९ बलमा मात्र १ रन जोड्दै फवाद अहमदको बलमा बोल्ड हुँदा जमैका ६३-५ को स्थितिमा थियो ।
आन्द्रे रसलले २६ बलमा ३ चौकासहित २५ रन जोड्दै फिलिप्सलाई साथ दिए । फिलिप्स १६ औं ओभरमा आउट भएपछि रमाल लेविस क्रिजमा डटे । उनले १६ बलमा अविजित १५ रन बनाए । फिडेल एडवार्ड्स अन्तिम ओभरको दोस्रो बलमा १ रनमै रनआउट भएका थिए । ट्रीनबेगोका लागि सेल्स र अलि खानले २-२ विकेट लिए । नारायण, अहमद र ब्राभोले १-१ विकेट हात पारे ।
यसअघि पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । राइडर्सले पहिलो खेलमा गुयाना एमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।

यस्तो रहयो सन्दीपको ओभर :
सन्दीप नवौं ओभरमा बलिङ गर्न आएका थिए । मुनरो र नारायणको साझेदारी ६० रन पुगेपछि आएका सन्दीपले पहिलो बल डट राखे । त्यसपछि दुई खेलाडी लगातार ४ बलमा २ लेग बाइसहित ४ रन जोड्न सफल भए । अन्तिम बल भने डट रहयो ।
११ औं ओभरमा भने सन्दीपले महत्त्वपूर्ण विकेट हात पारे । पाँचौ बलमा सुनिल नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए । त्यसअघि पहिलो बलमा २ रन दिएका सन्दीपले दोस्रो बलमा १ रन र तेस्रो बलमा मुनरोबाट छक्का खाएका थिए । चौथो बलमा १ रन लिएपछि नारायण स्ट्राइकमा पुगेर आउट भए । अन्तिम बलमा मुनरोले १ रन लिए ।
१३ औं ओभरमा सन्दीपले ७ रन खर्चिए । पहिलो बल डट राखेका उनलाई ड्यारेन ब्राभोले दोस्रो बलमा लङ अनतर्फ चौका प्रहार गरे । तेस्रो बलमा १ रन दिएका उनले चौथो बल डट र अन्तिम २ बलमा १-१ रन दिए ।
१५ औं ओभरको पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा मुनरोबाट चौका खाए । तेस्रो बलमा मुनरोले लामो सट प्रहार गर्ने धुनमा ब्रेथवेटले क्याच ड्रप गरे । चौथो बलमा कट बिहाइन्ड अपिल अम्पायरले आउट दिएनन् । पाँचौ बलमा १ रन र अन्तिम बलमा २ रन खर्चंदै सन्दीपले स्पेल पूरा गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]