default_image

5 years ago

August 22, 2020

मलिङ्गाले आइपिएलको सुरुवाती खेल गुमाउने

168 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले अर्को महिना देखि यूएईमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवाती खेल गुमाउने भएका छन् ।

श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले ब्यक्तिगत कारण सुरुवाती खेल गुमाउने भएका हुन् । मुम्बई इन्डियन्स शुक्रबार यूएई पुगेको छ । तर मलिङ्गाले यूएई भ्रमण गरेका छैनन् । मलिङ्गाको बुबाको यसै हप्ता शल्यक्रिया हुन लागेकाले उनले बुबासँगै बस्न चाहेका छन् । मलिङ्गाले कोलोम्बोमा अभ्यास गर्ने छन् ।

गतवर्ष मलिङ्गाले मुम्बईलाई चौथो आइपिएल उपाधि दिलाउन अन्तिम ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए । अन्तिम ओभरमा चेन्नई सुपर किंग्सलाई ९ रन चाहिएको अवस्थामा मलिङ्गाले ७ रन दिदै १ रनको रोमाञ्चक जित दिलाएका थिए । मलिङ्गा आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन् २००९ देखि आइपिएल खेल्दै आएका मलिङ्गाले १ सय २२ खेलमा कुल १ सय ७० विकेट लिएका छन् ।

टि२० क्रिकेटका सर्वाधिक सफल बलर मलिङ्गाले सुरुवाती खेल गुमाउँदा पनि मुम्बईलाई त्यति धेरै असर भने पर्ने छैन । मुम्बईसँग थुप्रै विकल्प छन् । मुम्बईमा तीब्र गतिका बलरको रुपमा जस्प्रित बुमराह, धवन कुलकर्णी, ट्रेन्ट बोल्ट, मिचेल म्याक्लेनाघन, नाथन कुल्टर नाइल, अलराउन्डर हार्दिक पान्ड्या र वेस्टइन्डिजका काइरान पोलार्ड छन् ।

आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदै छ । मुम्बई आइपिएलमा सर्वाधिक चार पटक उपाधि जित्ने एक्लो टोली हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.