default_image

5 years ago

August 21, 2020

च्यारिटी खेलमा नेपाल ११ को फराकिलो जित

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी ओपनर कुन्दन सिंह राजपूत बचाउ अभियानको लागि सहयोग गर्न कतारमा च्यारिटी खेल सम्पन्न भएको छ ।

शुक्रबार बेलुका कतारको सहेलिया मैदानमा भएको खेलमा नेपाल ११ ले अल इख्तियार ११ लाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेपाल ११ ले निर्धारित १६ ओभरमा १ विकेटको क्षतिमा २ सय ७० रन बनाएको थियो ।

नेपाल ११ का मोख्तर अली ५० बलमा ८ चौका र १२ छक्का सहित १ सय २९ रनमा अविजित रहे । एन्टेखब अहमदले ४५ बलमा ७ चौका र ११ छक्का सहित १ सय ११ रन बनाएका थिए ।

२ सय ७१ रनको लक्ष्य पछ्याएको अल इख्तियार ११ ले निर्धारित १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो । उसका खुशदील अहमदले सर्वाधिक ४५ रन बनाए ।

नेपाल ११ का अस्गर अलीले सर्वाधिक २ विकेट लिए । नजम शेख, सोमन, सञ्जय, एन्टेखब अली र फिरोज रैनले १–१ विकेट लिए । कुन्दनलाई सहयोगको लागि कतारमा बस्ने नेपाली समुदायको नेपाल क्रिकेट क्लबले च्यारिटी खेलको आयोजना गरेको थियो । अल इख्तियार भारतीय समुदायको बाहुल्यता रहेको टोली थियो ।

कुन्दनले कोरोना भाइरसलाई समेत जितेर दुई दिन अघि घर महोत्तरीको जलेश्वर फर्केका थिए । कुन्दन एक वर्ष अघि देखि दुवै मृगौला खराब हुदा उपचार गराउँदै आएका छन् । कुन्दन सिंह बचाउ अभियानमा हालसम्म ३ लाख भन्दा बढि नेपाली रुपैयाँ उठि सकेको अभियान्ता विज्ञान कार्की बताउँछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.