5 years ago
August 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले रोकिएको पारिश्रमिक (तलब) यसै हप्ता पाउन सक्ने सम्भावना बढेको छ ।

सन् २०१९ को सुरुवात देखि राष्ट्रिय खेलाडीले तलब पाएका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई रोकिएको तलब पठाइदिन आग्रह गर्दै सबै खेलाडीको हस्ताक्षर पठाएको थियो ।
‘२०१९ देखिको तलब आइसिसीले दिन बाँकी छ । आइसिसीले खेलाडीको हस्ताक्षर गरेर पठाउ भनेपछि हामीले अघिल्लो हप्ता पठाएका छौं । यो हप्ता सम्ममा सायद तलब निकासा हुन्छ होला’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने,’आइसिसीले बनाएको तीन ग्रेड अनुसार पैसा पठाउने कुरा छ । ग्रेडमा कुन कुन खेलाडी रहेको भन्ने उताबाट नआईकन भन्न सकिदैन ।’
‘ग्रेड उताबाट कुन हिसाबमा आउँछ भन्न सकिदैन । आइसिसीले पठाउने हुँदा उताबाट फाइनल भएर आएपछि मात्र को खेलाडी कुन ग्रेडमा भन्ने थाहाँ हुने छ । हामीले २२ खेलाडी र टेक्निकल एनालिष्ट रमन शिवाकोटीको नाम पारिश्रमिकको लागि पठाएका थियौं । हामीले हरेक ग्रेडमा १० हजार वृद्धि गरेर पठाउन समेत भनेका थियौं’, प्याकुरेलले भने ।
यस अघि ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५, ‘बी’ ले २५ र ‘सी’ ले १५ हजार पाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीबाट पूर्णरुपमा प्रतिबन्धबाट फुकुवा भने भई सकेको छैन । २०७३ वैशाख १३ मा आइसिसीले क्यानमाथि राजनीतिक हस्तक्षेप, दुई समान्तर समिति, निष्पक्ष चुनाव हुन नसकेको लगायत कारण देखाउँदै लगाएको प्रतिबन्ध गतवर्ष असोज ११ मा नयाँ समिति आएसँगै सशर्त रुपमा असोज २७ मा फुकुवा गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]