5 years ago
August 24, 2020
एजेन्सी – कप्तान अजहर अलीको उत्कृष्ट अविजित शतकका बाबजुद पाकिस्तान इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा फलोअनमा परेको छ ।

तेस्रो दिन पाकिस्तान ९३ ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा समग्रमा ३ सय १० रनले पछि परेपछि पाकिस्तान फलोअनमा परेको छ । पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ बलमा २१ चौका सहित १ सय ४१ रनमा अविजित रहे । यो उनको करिअरको १७ औं टेष्ट शतक हो । त्यस्तै अजहर पाकिस्तानबाट टेष्टमा ६ हजार पूरा गर्ने पाँचौ ब्याट्सम्यान पनि बनेका छन् ।
छैटौं विकेटका लागि अजहर र विकेटकिपर मोहम्मद रिजवानले १ सय ३८ रनको साझेदारी गर्दै केहि इनिङ उकासेका थिए । रिजवनलाई क्रिस वोक्सले जस बटलरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । रिजवानले १ सय १३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
ओपनर शान मसूदलाई ४ रनमा जेम्स एन्डरसनले एलबिडब्लू आउट गरे । एन्डरसनलेनै आबिद अलीलाई १ रनमा डोम सिब्लेबाट क्याच गराए । बाबर आजमलाई एन्डरसनले ११ रनमा एलबिडब्लू आउट गर्दै इंग्ल्यान्डको पकड जमाएका थिए । असाद शफीकलाई एन्डरसनलेनै जो रुटबाट ५ रनमा क्याच आउट गराए ।
फवाद आलम पनि क्रिजमा लामो समय टिक्न सकेनन् । आलमलाई स्पिनर डोम बेसले २१ रनमा बटलरबाट क्याच गराएका थिए । यासिर शाह २०, शाहिन अफ्रिदी ३, मोहम्मद अब्बास एक र नसिम शाह शून्यमा आउट भए ।
इंग्ल्यान्डका अनुभवी तीव्र गतिका बलर जेम्स एन्डरसनले ५ विकेट लिए । उनको टेष्ट करिअरको २९ औं पटक पाँचभन्दा बढि विकेट लिएका हुन् । स्टुअर्ट ब्रोड २, क्रिस वोक्स र डोम बेसले १–१ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले १५४.४ ओभरमा ८ विकेटको क्षतिमा ५ सय ८३ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलीले ३ सय ९३ बलमा ३४ चौका र १ छक्का सहित २ सय ६७ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेले । उनलाई असाद शफीकले विकेटकिपर मोहम्मद रिजवानबाट स्टम्पिङ आउट गरेपछि तेहेरो शतक बनाउन चुकेका थिए । क्रलीको यो पहिलो दोहोरो शतक हो ।
विकेटकिपर जस बटलरले ३ सय ११ बलमा १३ चौका र २ छक्का सहित १ सय ५२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रर्दशन र दोस्रो टेष्ट शतक हो । बटलरलाई फवाद आलमले क्याच एण्ड बोल्ड आउट गरेका थिए ।
पाँचौ विकेटका लागि बटलर र क्रलीले ३ सय ५९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । जुन टेष्ट क्रिकेटमा इंग्ल्यान्डबाट पाँचौ विकेटका लागि भएको इतिहासकै सर्वाधिक ठूलो साझेदारीमा पर्दछ । क्रिस वोक्स ४०, स्टुअर्ट १५ रनमा आउट हुँदा डोम बेस २७ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले रोरी बन्र्सलाई ६ रनमा शान मसूदबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई यासिर शाहले २२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटलाई नसिम शाहले २९ रनमा विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । रुटले ५१ बलमा ३ चौका प्रहार गरे । ओली पोपलाई यासिर शाहले ३ रनमा बोल्ड आउट गरे ।
पाकिस्तानका शाहिन अफ्रिदी, यासिर शाह र फवाद आलमले २–२ विकेट लिए । असाद सफीक र नसिम शाहले १–१ विकेट लिए । तीन टेष्ट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेष्ट बराबरीमा सकिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]