5 years ago
August 25, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सिजनको लागि अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिसलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

४० वर्षिय हरिस यूएईमा दिल्लीको टोलीसँग सामेल हुने छन् । दिल्ली आइतबार यूएई पुगिसकेको छ । हरिसले १ सय १३ टेष्ट, ४४ ओडिआई र ४ टि२० आई विकेट लिएका छन् । सन् २००९ मा डेक्कन चार्जर्सले आइपिएलको उपाधि जित्दा उनी टोलीका एक सदस्य थिए । तर चोटका कारण सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
ह्यारिसले अष्ट्रेलिया क्रिकेट टोली, बिग ब्यास लिग ब्रिस्बेन हिट र आइपिएलमा किंग्स इलेभेन पञ्जावमा बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । दिल्लीमा तीव्र गतिको बलरको रुपमा कागिसो रबाडा, एनरिच नोर्टजे, इशान शार्मा, मोहित शर्मा, तुसार देशपान्डे लगातका छन् ।
दिल्लीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका सफल कप्तान रिकी पोन्टिङ रहँदा सहयोगी प्रशिक्षकमा भारतीय मोहम्मद कैफ र स्पिनर प्रशिक्षकमा वेस्टइन्डिजका स्यामुएल बद्रि छन् । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लागि वेस्टइन्डिजमा छन् । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीप उतैबाट यूएई जाने छन् । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]