5 years ago
August 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना विमा गरेको छ ।

गत शनिबार पुरुष टोलीका २१ खेलाडी सहित कुल ५१ जनाको कोरोना विमा गरेको क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना महिला क्रिकेटरको क्यानले कोरोना विमा गरेको जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि२० क्रिकेट टोलीमा रहेका महिला टोलीको कोरोना विमा भएको जनाकारी दिएका छन् ।
यसअघि भने क्यानले महिला टोलीको कोरोना विमा पछि आवश्यकता हेरेर गर्न सकिने जनाएको थियो । क्यानले आइएमई जनरल इन्स्युरेन्समार्फत एक वर्षको विमा गरेको हो । कोरोना महामारीको कारण यो वर्ष महिला र पुरुष टोली दुवैको अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना कम छ ।
अन्तर्राष्ट्रिय तालिका अनुसार पुरुष टोलीको आगमी डिसेम्बरमा बंगलादेशमा एसिया टिम्स एसिया कप खेल्ने छ । कोरोना महामारीको कारण उक्त प्रतियोगिता हुने निश्चित छैन । पछिल्लो पटक गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टोलीले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उक्त सागमा माल्दिभ्यसलाई हराउँदै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेका थिए ।
विमा गरिएका खेलाडी : रुविना क्षेत्री बेलबासे (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, ममता चौधरी, सरस्वती चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ति), रोमा थापा, डली भट्ट, कविता कुँवर, ज्योती पान्डे, संगिता राई, अस्मिना कर्माचार्य
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]