5 years ago
August 25, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १२ औं खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ३ः १५ पछि क्विन्स पार्क ओभलमा सुरु हुने छ ।

यसअघि शनिबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा गुयानाले जमैकालाई १४ रनले पराजित गरेको थियो । उक्त खेलमा १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४ रन मात्र बनाउन सकेको थियो । आन्द्रे रसेल ३७ बलमा ४ चौका र ५ छक्का सहित ५२ रनमा अविजित रहेपनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा जमैका पराजित हुन पुगेको थियो ।
गुयानाविरुद्ध सन्दीपले ४ ओभरमा मात्र ८ खर्चेर २ विकेट लिएका थिए । मुजिब उर रहमानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । गुयाना ४ खेलमा समान २ मा हार र जितका साथ तेस्रो स्थानमा छ । जमैकाले ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा रहेको छ । ब्याटिङमा जमैका कप्तान रोभमान पावेलसँगै, चाडविक वाल्टन र आसिफ अलीलाई उत्कृष्ट प्रर्दशन गर्नु पर्ने आवश्यक देखिन्छ ।
यता जमैकाले गुयानाका युवा ब्याट्सम्यान ब्रान्डन किंग, शिम्रन हेटमायर, निकोलस पूरन र अनुभवी ब्याट्सम्यान रस टेलरलाई रोक्न सक्नुपर्छ । कप्तान क्रिस ग्रिन र इमरान ताहिर गुयानाका प्रमुख बलिङ हतियार हुन् । सन्दीपले त्यसअघि पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए । ट्रीनबेगो नाइट राइडर्सविरुद्ध ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]