default_image

5 years ago

August 26, 2020

सन्दीपको कसिलो बलिङ

165 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजबाट चौथो खेलमा खेलिरहेका सन्दीप लामिछानेले गुयाना अमेजन वारियार्सविरुद्ध कसिलो बलिङ गरेका छन् । उनीसँगै अर्का स्पिनर मुजिब उर रहमानले उत्कृष्ट बलिङ गरेपछि गुयाना सामान्य स्कोरमा समेटियो ।

पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस टेलरले सर्वाधिक २५ रनको योगदान दिए । जमैकाका लागि सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । मुजिबले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए । एडवार्ड्सले ३ विकेट तथा रसेलले १ विकेट लिए ।

टस जितेर फिल्डिङ रोजेको जमैकाले इनिङको पहिलो बलमा नै विकेट लिन सफल भयो । फिडेल एडवार्ड्सले ब्रेन्डन किंगलाई पहिलो बलमा नै बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि ब्याटिङमा आएका शिम्रन हेटमायर पनि लामो समय टिकेनन् । दोस्रो ओभरको अन्तिम बलमा मुजिबले उनलाई ५ रन जोडेको अवस्थामा एलबीडब्लु धरापमा पारे ।

लगातार रनगति रोकेर दबाब दिएको जमैकाले पाँचौ ओभरमा अर्को सफलता हात पार्यो । ओपनर एन्थोनी ब्राम्बल १९ बलमा मात्र ७ रन जोड्दै एडवार्ड्सको शिकार भए । ठूलो सट खेल्ने धुनमा उनी डिप मिडविकेटमा रोभमान पावेलबाट समातिए । ५ ओभरको समाप्तिमा गुयाना १८-३ को स्थितिमा रहेको थियो ।

छैटौं ओभरमा रस टेलरले आन्द्रे रसेलको बलिङमा आक्रमण गर्दै १२ रन जोड्दै खेलमा फर्काउने प्रयास गरे । पुरन र टेलरले विकेट जोगाउँदै रन गति बढाउने काम गरे । १० ओभरको समाप्तिमा गुयानाले खेल सुधार्दै ५३-३ को स्थिति बनायो ।

११ औं ओभरमा मुजिब आक्रमणमा फर्केसँगै गुयानाले निकोलस पुरनलाई गुमायो । चौथो बलमा पुरन १५ रनमा खेलिरहँदा मुजिबले बोल्ड गर्दै टोलीलाई चौथो सफलता दिलाए । लगत्तै अर्को ओभरको पहिलो बलमा सन्दीपले शेर्फान रदरफर्डको विकेट लिए । रदरफर्ड ठूलो सट खेल्ने धुन्न्मा एज लागेर आसिफ अलीको हातबाट समातिए । मात्र १ रन जोडेका उनी आउट हुँदा टोली ५६-५ को दयनीय अवस्थामा थियो ।

१३ औं ओभरको तेस्रो बलमा रसेलले रोस टेलरको महत्त्वपूर्ण विकेट हात पारे । रसेलले २१ बलमा २५ रन जोडेर खेलिरहेका टेलरलाई एलबीडब्लु धरापमा पारेपछि गुयाना ६१-६ को अवस्थामा पुग्यो । १५ औं ओभरको पहिलो बलमा कप्तान क्रिस ग्रिन आउट भए । मुजिबको बलमा कप्तान रोभमान पावेलले पहिलो स्लिपमा क्याच लिँदै १ रन जोडेका ग्रिनलाई पेभेलियन फर्काए ।

१९ औं ओभरको दोस्रो बलमा एडवार्ड्सले पललाई आउट गरे । पल २० बलमा मात्र ९ रन जोड्दै एडवार्ड्सको एलबीडब्लु धरापमा परे । गुयानाका नविन उल हक २० बलमा २० रन जोड्दै नटआउट रहे । इमरान ताहिरले ९ रन जोडे । ताहिर अन्तिम बलमा तेस्रो रन कुद्ने क्रममा रनआउट भएका थिए ।

यस्तो रहयो सन्दीपको बलिङ:

दशौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा निकोलस पुरनलाई डट गराएपछि दोस्रो बलमा २ रन दिए । तेस्रो बलमा पुरनले एक रन लिए । चौथो बलमा रोस टेलर बिट भए भने अन्तिम दुई बलमा उनले कुनै रन जोड्न सकेनन् । पहिलो ओभरमा सन्दीपले ३ रन खर्चिए ।

१२ औं ओभरको पहिलो बलमा नै सन्दीपले विकेट हात पारे । उनले ठूलो सट खेल्ने धुनमा रहेका शेर्फान रदरफर्डलाई एक्स्ट्रा कभरमा रहेका आसिफ अलीको हातबाट क्याच आउट गराए । दोस्रो बल गर्ने क्रममा वाइड फ्याँकेका उनले लगातार तीन बल डट राखे । पाँचौ बलमा १ रन दिएका उनले अन्तिम बलमा २ रन खर्चिए । समग्रमा दोस्रो ओभरमा सन्दीपले ४ रन दिँदै १ विकेट लिए ।

१४ औं ओभरको पहिलो बलमा सन्दीपले क्रिस ग्रिनलाई बिट गरे । दोस्रो बलमा रन लिन नसकेका ग्रिनले तेस्रो बलमा १ रन जोडे । त्यसपछि किमो पललाई लगातार तीन बल डट राख्दै सन्दीपले अर्को कसिलो ओभर समापन गरे । उनले तेस्रो ओभरमा जम्मा १ रन खर्चिए ।

१६ औं ओभरको पहिलो बलमा सन्दीपले १ रन दिए । दोस्रो बलमा नविन उल हकले रिभर्स स्विपमा २ रन जोडे । त्यसपछि लगातार तीन बल डट गरेका सन्दीपले अन्तिम बलमा १ रन दिए । अन्तिम ओभरमा सन्दीपले ४ रन खर्चिए ।

समग्रमा सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.