default_image

4 years ago

September 17, 2020

मुम्बईलाई स्पिनरको चिन्ता

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । मुम्बई आइपिएलमा चार पटक उपाधि जित्ने एक्लो टोली हो । भारतीय टोलीका ओपनर रोहित शर्माको कप्तानीमा मुम्बईले चार पटक उपाधि जितेको छ । मुम्बई आइपिएलमा पाँच पटक फाइनलमा पुगेको छ । जसमा चार पटक उपाधि जितेको छ । मुम्बईले पाँच […]

55 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । मुम्बई आइपिएलमा चार पटक उपाधि जित्ने एक्लो टोली हो ।

भारतीय टोलीका ओपनर रोहित शर्माको कप्तानीमा मुम्बईले चार पटक उपाधि जितेको छ । मुम्बई आइपिएलमा पाँच पटक फाइनलमा पुगेको छ । जसमा चार पटक उपाधि जितेको छ । मुम्बईले पाँच मध्य चार पटक चेन्नईसँग फाइनल खेलेको छ । चार मध्य तीन पटक फाइनलमा चेन्नई सुपर किंग्सलाई हराएर उपाधि जितेको छ ।

च्याम्पियन मुम्बईलाई आफ्नो साख बचाउन यस सिजन चुनौती देखिन्छ । मुम्बईले अक्सनमा आफ्नो आवश्वकता र पिचको अवस्थालाई हेर्दै खेलाडी अनुबन्ध गरेको थियो । तर कोरोना महामारीको कारण आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने भएपछि मुम्बई भने समस्यामा परेको हो । आइपिएल यूएईमा हुँदा सबैभन्दा बढी घाटा मुम्बईलाई नै हुने छ ।

मुम्बईको इतिहास

मुम्बईले पहिलो संस्करणको आइपिएलमा पाँचौं औं र सन् २००९ मा सातौं औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । सन् २०१० मा उत्कृष्ट प्रर्दशनका साथ पहिलो पटक फाइनलमा पुगेको थियो । मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोरलाई सेमफिाइनलमा ३५ रनले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा चेन्नई सुपर किंग्ससँग २२ रनले पराजित हुन पुग्यो ।

सन् २०११ मा क्यालिफायरमा बेंगलोरसँग ४३ रनले पराजित हुँदै बाहिरियो । मुम्बई सन् २०१२ मा चौथो स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१३ मा दोस्रो पटक फाइनलमा प्रवेश गर्यो । फाइनलमा चेन्नईलाई २३ रनले पराजित गर्दै मुम्बई पहिलो पटक उपाधि जितेको थियो ।

सन् २०१४ मा मुम्बई चौथो स्थानमा रहेर बाहिरियो । सन् २०१५ को फाइनलमा मुम्बईले पुन ः चेन्नईलाई ४१ रनले हराउँदै उपाधि जित्यो । सन् २०१६ मा मुम्बई पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१७ को फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई एक रनले हराउँदै तेस्रो पटक उपाधि जितेको थियो । मुम्बईले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा पुणेले ६ विकेटको क्षतिमा १ सय २८ रन मात्र बनाउन सकेको थियो ।

२०१८ मा पाँचौ स्थानमा रहेर बाहिरियो । सन् २०१९ को फाइनलमा मुम्बईले चेन्नईलाई एक रनले हराउँदै उपाधि जितेको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बनाउन सकेको थियो ।

यूएईमा खराब इतिहास

सन् २०१४ मा मुम्बईले यूएईमा पाँच खेल खेलेको थियो । जसमा पाँच खेलमानै हार बेहोरेको थियो । उक्त क्रममा मुम्बई कोलकाता नाइट राइडर्ससँग ४१ रन, बेंगलोर र चेन्नईसँग ७–७ विकेटले पराजित भएको थियो । दिल्ली क्यापिटल्स (डेयरडेभिल्स) सँग ६ विकेट र हैदराबादसँग १५ रनले पराजित भएको थियो । जसले गर्दा मुम्बईको मनोबलमा केहि असर पर्न सक्छ ।

बलियो पक्ष

मुम्बईको बलियो पक्ष तीव्र गतिका बलर हुन् । मुम्बईको टोलीमा ७ मुख्य तीव्र गतिका बलर छन् । तीन अलराउन्डरको रुपमा छन् । मुम्बईमा वर्तमान क्रिकेटमा सर्वोत्कृष्ट डेर्थ ओभर स्पेलिष्ट जस्प्रित बुमराह, धवन कुलकर्णी, मोहसिन खान, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, अष्ट्रेलियाका जेम्स प्याटिनसन, मिचेल म्याकलेनघान र नाथन कुल्टर नाइल छन् । अर्कोतर्फ अलराउन्डर हार्दिक पान्ड्या, वेस्टइन्डिजका काइरन पोलार्ड र शेर्फान रदरफोर्ड छन् । यी तीनै अलराउन्डर पूरै चार ओभर बलिङ गर्ने क्षमता राख्छन् ।

कमजोरी

मुम्बईको कमजोरी टोलीमा बढी तीब्र गतिका बलर हुनु र विश्वस्तरिय स्पिनर नहुनु हो । यूएईका तीनै पिच स्पिनर उपयोगी मानिन्छ । आबूधाबीको स्लो पिचमा मुम्बईले लिग चरणका आठ खेल खेल्ने छ । तर मुम्बईसँग विश्वस्तरिय स्पिनर छैनन् । मुम्बईमा प्रमुख स्पिनरको रुपमा राहुल चहर र क्रुनाल पान्ड्या मात्र छन् । अलराउन्डरको रुपमा अनुकुल रोय र जयन्त यादब छन् । मुम्बईले कु्रनाल र चहरलाई मैदान उतार्ने छ । युवा लेग स्पिनर चहले गतवर्ष १३ खेलमा १३ विकेट लिएका थिए । कु्रनालले १६ खेलमा १२ विकेट लिएका थिए । यी दुबै स्पिनर विश्वस्तरीय म्याच विनर खेलाडी मानिदैनन् ।

अझ यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा अर्को विकल्प मुम्बईसँग छैन । मुम्बईले भारतका लागि आफ्नो टोली मजबुत बनाएको थियो । ट्रेन्ट बोल्टलाई लगेर लेग स्पिनर मंयक मारकन्डेलाई दिल्लीसँग साटफेर गरेको थियो । तर यूएईमा आइपिएल हुने भएपछि मुम्बई मारकन्डे साटफेरमा ठूलो पछुतो हुन सक्छ । यूएईको पिचको अवस्था हेर्दा हरेक टोलीले दुई स्पिनरलाई पहिलो रोजाईमा खेलाउने सम्भावना देखिन्छ । अन्य टोलीमा विश्वस्तरिय स्पिनरहुनुको साथैं विकल्प पनि धेरै छन् । तर मुम्बईमा त्यो देखिदैन । जुन मुम्बईलाई घातक बन्न सक्छ ।

पहिलो रोजाईका सम्भावित चार विदेशी खेलाडी

मुम्बईले चार विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका क्विन्टन डी कक, वेस्टइन्डिजका अलराउन्डर काइरन पोलार्ड, न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र अष्ट्रेलिया नाथन कुल्टर नाइललाई खेलाउने सम्भावना छ । डी ककले ओपनिङ गर्ने छन् । अर्का विदेशी ओपनर क्रिस लिन पछिल्लो समय प्रर्दशन कमजोर छ । काइरन पोलार्ड सिपिएलमा उत्कृष्ट मनोबलका साथ यूएई पुगेका छन् । पोलार्डले फिनिसरको रुपमा तल्लोक्रममा ब्याटिङ गर्दा मध्यक्रममा पार्टटाइम बलरमा राम्रो विकल्प हुन् ।

अर्कोतर्फ यस सिजन श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गाले पारिवारिक कारण आइपिएल खेल्ने छैनन् । उनको स्थान बोल्टले लिने छन् । बुमराह डेर्थ ओभर र बोल्टले नयाँ बलका साथ बलिङ गर्नेछन् । कुल्टर नाइलले मध्यक्रममा तीव्र गतिमा बलिङ गर्दा तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

नायक बन्न सक्ने दुई विदेशी खेलाडी :

पोलार्ड : आक्रामक ब्याटिङ अलराउन्डर काइरन पोलार्डको लय राम्रो छ । यसै साता क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा ट्रीनबेगो नाइट राइडर्सलाई अपराजित रहँदै उपाधि दिलाउन पोलार्डले कप्तानी र प्रर्दशन दुबै उत्कृष्ट प्रर्दशन गरेका थिए । सर्वोत्कृष्ट खेलाडी चुनिएका पोलार्डले २ सय ७ रन बनाउनुको साथैं ८ विकेट लिएका थिए । फाइनलमा महत्वपूर्ण चार विकेट लिएका थिए । पोलार्ड मुम्बईको फिनिसरको रुपमा खेल्ने छन् । तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दा पार्टटाइम बलरको रुपमा बलिङ गर्ने छन् ।

डी कक : दक्षिण अफ्रिका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कक मुम्बईको ओपनरको रुपमा खेल्ने छन् । उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते ब्याट्सम्यान डी ककले गतवर्ष आइपिएलमा १६ खेलमा ५ सय २९ रनका साथ दोस्रो स्थानमा रहेका थिए । यस पटक पनि आफ्नो लयलाई निन्तरता दिदै मुम्बईको शीर्षक्रम बलियो बनाउन सक्छन् ।

प्रमुख हतियार

बुमराह : मुम्बईको प्रमुख हतियार जस्प्रित बुमराह हुन् । बुमराहको प्रर्दशनमा मुम्बईको नतिजा धेरै प्रभाव पार्ने देखिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बुमराह डेर्थ ओभर स्पेलिष्टका रुपमा चिनिन्छन् । बुमराह योर्करका लागि सिपालु छन् । धेरै ब्याट्सम्यान उनलाई रन चुट्न भन्दा विकेट बचाउनतर्फ ध्यान दिन्छन् । बुमराहको कमजोर प्रर्दशनमा मुम्बईको उपाधि सम्भावना कम देखिन्छ ।

मुम्बईको खेल तालिका :

चेन्नईविरुद्ध : सेप्टेम्बर १९ र अक्टोबर २३, कोलकाताविरुद्ध : सेप्टेम्बर २३ र अक्टोबर १६, बेंगलोरविरुद्ध : सेप्टेम्बर सेप्टेम्बर २८ र अक्टोबर २८, किंग्स इलेभेन पञ्जाबविरुद्ध : अक्टोबर १ र अक्टोबर १८, सनराइजर्स हैदराबादविरुद्ध : अक्टोबर ४ र नोभेम्बर ३, राजस्थान रोयल्सविरुद्ध : अक्टोबर ६ र २५, दिल्ली क्यापिटल्सविरुद्ध : अक्टोबर ११ र ३१

रोहितको उत्कृष्ट कप्तानी

मुम्बईले चार पटक उपाधि जित्नुमा रोहितको उत्कृष्ट कप्तानी नायक मानिन्छ । रोहितले खेलाडीलाई राम्रोसँग सहि समयमा प्रयोग गर्ने गर्दछन् । सन् २०१९ र २०१७ को फाइनलमा मुम्बई एक एक रनले विजयी हुँदै उपाधि जित्दा रोहितको कप्तानी निर्णय निर्णायक बनेको थियो ।

सन् २०१७ मा मुम्बईले फाइनलमा पुणेविरुद्ध ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सकेको थियो । रोहितले उत्कृष्ट कप्तानी गर्दै पुणेलाई ६ विकेटको क्षतिमा १ सय २८ रनमा रोकेका थिए । पुणेलाई अन्तिम ओभरमा जितको लागि ६ बलमा ११ रन चाहिएको थियो भने तीन विकेट गुमाएको थियो । क्रिजमा ५१ रन बनाएर स्टिभ स्मिथ खेलेका थिए । मिचेल जोनसनले तीन विकेट लिदै ९ रन खर्चेपछि १ रनले विजयी हुँदै मुम्बई विजयी भएको थियो ।

सन् २०१९ को फाइनलमा मुम्बईले चेन्नईविरुद्ध १ सय ४९ रनको मध्यम लक्ष्य बनाएको थियो । तर रोहितले चेन्नईलाई १ सय ४८ रनमा रोक्दै उपाधि दिलाएका थिए । यसमा खेलाडीसँगै रोहितको कप्तानी उत्कृष्ट थियो । त्यसैले रोहितले आफ्नो उत्कृष्ट कप्तानीमा मुम्बईलाई छैटौं पटक फाइनलमा पुर्याउन सक्छन् ।

पहिलो रोजाईको सम्भावित प्लेइङ ११ : रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, काइरान पोलार्ड, क्रुनाल पान्ड्या, राहुल चहर, जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट र नाथन कुल्टर नाइल ।

मुम्बईको पूर्ण टोली : राहुल चहर, अनुकुल रोय, मोहसिन खान, दिगविजय, देशमुख, प्रिन्स बलान्त राई सिंह, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, धवन कुलकर्णी, मिचेल म्याकलेनघान, क्रिस लिन, आदित्य तारा, रोहित शर्मा, सौरभ तिवारी, क्विन्टन डी कक, सूर्यकुमार यादव, कु्रनाल पान्ड्या, जेम्स प्याटिन्सन, हार्दिक पान्ड्या, जस्प्रित बुमराह, ईशान किशन, अनोमलप्रित सिंह, र शेर्फान रदरफोर्ड ।

अफिसियल टोली : मालिक : मुकेश अम्बानी र नीता अम्बानी, टोली व्यवस्थापक : राहुल सांघवी, प्रमुख प्रशिक्षक : महेला जयवर्दने (श्रीलंका), ब्याटिङ प्रशिक्षक : रोविन सिंह (भारत), ब्याटिङ मेन्टर : सचिन तेन्दुलकर (भारत), बलिङ प्रशिक्षक : शेन बोन्ड (न्युजिल्यान्ड), फिल्डिङ प्रशिक्षक : जेम्श पामेन्ट (न्युजिल्यान्ड)

यो पनि : पहिलो पटक च्याम्पियन बन्ने सोचमा पञ्जाब

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.