5 years ago
October 6, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

मुम्बई चौथो जितका साथ शीर्ष स्थानमा उक्लिने सोचमा छ । राजस्थान तेस्रो जित निकाल्न चाहान्छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा समान २ मा जित र हार सहित पाँचौ स्थानमा छ । पछिल्ला दुई खेलमा लगातार पराजित भएको राजस्थान त्यसबाट पाठ सिक्दै मुम्बईबिरुद्ध जित निकाल्न चाहान्छ ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो ।
यता राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रोमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तर कोलकातासँग ३७ रन र बेंगलोरसँग ८ विकेटले पराजित हुन पुग्यो । राजस्थानसँग प्रमुख बेन स्टोक्स टोलीमा जोडिएका छन् । तर क्वारेन्टाइनमा बसेको हुँदा आजको खेलमा उपलब्ध हुने छैनन् ।

आजको खेलमा रोबिन उथप्पाको स्थानमा युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई मौका पाउने सम्भावना छ । सन्जु स्यामसन र कप्तान स्टिभ स्मिथ प्रमुख ब्याट्सम्यान हुन् । सुरुवाती दुबै खेलमा उत्कृष्ट अर्ध शतक प्रहार गरेका यी दुई ब्याट्सम्यान नचल्दा पराजित हुन पुगेको थियो । विकेटकिपर तथा ओपनर जस बटलरलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।
रियान परागको स्थानमा अनुराधा जोशीलाई मौका दिन सक्छ । बेंगलोरबिरुद्ध ४७ रन जोडेका महिपाल लोमरोरले मध्यक्रममा केहि आशा देखाएका छन् । जोफ्रा आर्चर बलिङ हतियार हुन् ।
यता मुम्बईमा टोली परिवर्तनको सम्भावना कम छ । कप्तान रोहित शर्मा, हार्दिक पान्ड्या र काइरन पोलार्ड राम्रो लयमा छन् । जुन मुम्बईका प्रमुख हतियार हुन् । जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट बलिङ हतियार हुन् । पान्ड्या र पोलार्डको लयलाई रोक्न सक्नुपर्ने चुनौती राजस्थानका बलर सामु छ । आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएको छ ।
मुम्बई ११ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जसमा एक खेलको नतिजा बिहिन छ । पछिल्लो चार खेलमा मुम्बईले राजस्थानलाई हराउन सकेको छैन । मुम्बईले राजस्थानलाई अन्तिम पटक सन् २०१५ मा पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]