5 years ago
October 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि भने लगातार तीन खेलमा जित निकाल्न सकेन । दोस्रो खेलमा राजस्थान रोयल्स १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । तर पन्जाबलाई भने १० विकेटले पराजित गर्दै चेन्नई आफ्नो लयमा फर्किएको संकेत दिएको छ । चेन्नई पन्जाबबिरुद्धको नतिजा कोलकाताबिरुद्ध दोहोराउने सोचमा हुने छ ।
पन्जाबलाई १० विकेटले हराउन ओपनर शेन वाटसन ८३ र फाफ डु प्लेसिस ८७ रनमा अविजित रहेका थिए । यी दुवै ब्याट्सम्यानलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । चेन्नईले टोली परिवर्तन गर्ने सम्भावना कम छ । मध्यक्रममा केदार जाधबलाई राम्रो इनिङ खेल्न आवश्यक छ । धोनी टोलीका प्रमुख हतियार हुन् । यता बलिङमा तीव्र गतिका बलर दीपक चहर र साम करन पन्जाबबिरुद्ध विकेट बिहिन बनेका थिए । यी दुबै बलरलाई उच्च प्रर्दशन गर्नु पर्ने दबाब छ ।
यता कोलकता कागजी रुपमा बलियो रहेपनि मैदानमा भने आफ्नो प्रभाव त्यसै अनुसार जमाउन सकेको छैन । कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो ।

स्पिन अलराउन्डर सुनिल नारायणको प्रर्दशन कमजोर छ । उनको स्थानमा इंग्ल्यान्डका ओपनर टम ब्यान्टनलाई मौका दिनसक्छ । ब्यानटन ठूला सटका लागि परिचित युवा ब्याट्सम्यान हुन् । सुभमन गिल र नितेश राणा राम्रो लयमा छन् । आन्द्रे रसेल र दिनेश कार्तिकलाई राम्रो प्रर्दशन गर्न आवश्यक छ । ओईन मोर्गन चेन्नईलाई घातक बन्न सक्छन् ।
दिल्लीविरुद्ध ४ ओभरमा ४९ रन खर्चेका प्याट कमिन्सको स्थानमा लोकी फर्गुसनलाई मैदान उतार्न सक्छ । वरुण चक्रबर्तीको स्थानमा कुलदीप यादवलाई मौका दिन सक्छ । यी दुई टोलीबीच कुल २२ खेल भएको छ । जसमा चेन्नई सुपर किंग्स १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गतवर्ष दुबै खेलमा चेन्नई विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]