default_image

5 years ago

October 7, 2020

चेन्नईविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

135 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा कोलकाता कप्तान दिनेश कार्तिकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले एक परिवर्तन गरेको छ । पियुष चवलाको स्थानमा करण शर्मालाई मौका दिएको छ । अनुभवी स्पिनर चवलाले पछिल्लो खेलमा किंग्स इलेभेन पन्जाबबिरुद्ध २ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए । करण लेग स्पिनर हुन् । कोलकाताले भने टोलीमा परिवर्तन गरेको छैन ।

दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि भने लगातार तीन खेलमा जित निकाल्न सकेन । दोस्रो खेलमा राजस्थान रोयल्स १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । तर पन्जाबलाई भने १० विकेटले पराजित गर्दै चेन्नई आफ्नो लयमा फर्किएको संकेत दिएको छ ।

कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो । यी दुई टोलीबीच कुल २२ खेल भएको छ । जसमा चेन्नई सुपर किंग्स १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको थियो ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, करण शर्मा र ड्वेन ब्राभो ।

कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र शिवम माभी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.