default_image

5 years ago

October 8, 2020

दिल्लीमा मिश्राको स्थान लिन सक्ने तीन खेलाडी

199 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्रा शनिवार कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को बाँकी सबै खेल गुमाउने भएका छन् ।

दिल्लीसँग अनुभवी स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेल छन् । लेग स्पिनरमा सन्दीप लामिछाने छन् । चार मात्र विदेशी खेलाडी खेलाउन पाउने नियमको कारण सन्दीप दिल्लीको बेन्चमा बस्दै आएका छन् । मिश्रा बाहिरिदा सन्दीपले प्लेइङ-११ मा मौका पाउने सम्भावना बढेको छ । तर दिल्लीको चार विदेशी कोटामा स्थान बनाउन सन्दीपलाई सहज छैन ।

दिल्लीले मिश्राको स्थानमा कस्तो खेलाडीलाई अनुबन्ध गर्छ त्यसले पनि प्रभाव पार्ने पार्छ । दिल्लीले मिश्राको स्थानमा स्पिनरलाईनै अनुबन्ध गनुैपर्छ भन्ने छैन । दिल्लीले आफ्नो आवश्यकता अनुसार अनुबन्ध गर्न सक्छ । दिल्लीको तीव्र गतिको बलिङ केहि कमजोर देखिदा त्यसको सम्भावना पनि देखिन्छ । मिश्राको स्थान लिन सक्ने तीन खेलाडी यस प्रकार छन् ।

३. शाम्स मुलानी

२३ वर्षिय शाम्स मुलानी मुम्बईबाट घरेलु क्रिकेट खेल्ने बायाँ हाते अफस्पिनर हुन् । उनले तल्लोक्रममा ठूला सटको क्षतमा पनि राख्छन् । मुलानीले २२ टि२० खेल खेलेका छन् । जसमा २० विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन २६/३ छ । इकोनमी ६.२८ छ । घरेलु क्रिकेटमा प्रभाव जमाउँदै आएका मुलानीको खेल्ने शैली भारतीय अलराउन्डर रविन्द्र जडेजासँग मिल्दोजुल्दो पाइन्छ ।

मुलानीलाई दिल्लीले अनुबन्ध गर्दा तल्लोक्रम ब्याटिङ बलियो पनि बन्ने छ । दिल्लीसँग तल्लोक्रममा मार्कस स्टोइनिस र अक्षर पटेल अलराउन्डरको रुपमा छन् । ६ टि२० इनिङमा मुलानीले उनले ७९ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ७३ रन छ । मुलानी एक उत्कृष्ट फिल्डर समेत हुन् । जसले गर्दा दिल्लीले मिश्राको स्थानमा मुलानीलाई टोलीमा ल्याउन सक्छ ।

२. जलज सक्सेना

केरलाबाट घरेलु क्रिकेट खेल्दै नियमित उच्च प्रर्दशन गर्दै आएका अलराउन्डर जलाज सक्सेना पनि मिश्राको स्थान लिन सक्ने खेलाडी हुन् । घरेलु क्रिकेटमा राम्रो अनुभव बटुलेका ३३ वर्षिय सक्सेनाले राम्रो ब्याटिङ र बलिङ गर्ने गर्दछन् । अफ स्पिनर सक्सेनालाई दिल्लीले तल्लोक्रम ब्याटिङ बलियो बनाउन टोलीमा अनुबन्ध गर्न सक्ने सम्भावना छ ।

सक्सेनाले ५४ टि२० खेलमा ४९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन १६/५ छ । टि२० मा उनको उत्कृष्ट प्रर्दशन ५५ रन अविजित छ । ९३ लिष्ट ए मा ३ शतक र ७ अर्ध शतक सहित १ हजार ८ सय ८४ रन बनाएका छन् । १ सय ८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ३३ रन ४१/७ छ । उनको लय र दिल्लीको आवश्यकतालाई हेर्दा मिश्राको स्थान लिन सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

१. प्रविन दुवे

२७ वर्षिय लेगस्पिनर प्रविन दुवे मिश्राको स्थान लिन सक्ने एक प्रबल दाबेदार खेलाडीमा रहेका छन् । दिल्लीसँग लेगस्पिनरमा सन्दीप लामिछाने छन् । तर दिल्लीमा कागिसो रबाडा, शिम्रन हेटमायर, एनरिच नोर्टजे र मार्कस स्टोइनिसलाई नियमित राम्रो प्रर्दशन गर्दै आएका छन् । त्यसैले दिल्लीले भारतीय लेग स्पिनरलाई प्राथमिकतामा राख्ने देखिन्छ ।

कर्नाटकाबाट घरेलु क्रिकेट खेल्ने प्रविनले १४ टि२० मा १६ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन १९/४ रहेको छ । इकोनमी ६.८७ छ । बेंगलोरले प्रविनलाई नेट बलरको रुपमा जारी सिजनमा राखेको छ । दिल्लीको आवश्यकतालाई हेर्दा प्रविनलाई टोलीमा अनुबन्ध गर्न सक्ने सम्भावना देखिन्छ । सन् २०१६ र २०१७ मा बेंगलोरमा रहेका प्रविनलाई यस सिजन दिल्लीले मिश्राको स्थानमा टोलीमा लिन सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.