default_image

5 years ago

October 7, 2020

चेन्नईमाथि कोलकाताको जित

149 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो ।

जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा पराजित हुन पुगेको हो ।

चेन्नईलाई जितको लागि १२ बलमा ३६ रन आवश्यक परेको थियो । १९ औं ओभरमा स्पिनर सुनिल नारायणले १० रन मात्र खर्चेपछि जितको लागि अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । सुरुवाती दुई बल आन्द्रे रसेलले केदार जाधवलाई डट गराएपछि चेन्नईको जित टाढिएको थियो । तेस्रो बलमा एक रन दिए । चौथो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे । तर चेन्नईको लागि उक्त छक्का ढिला भइसकेको थियो ।

पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त भएन । जाधव १२ बलमा १ चौका सहित ७ रनमा अविजित रहे । जडेजा ८ बलमा ३ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे ।

शिवम माभीको चौथो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिस एज लाग्दै विकेटकिपर दिनेश कार्तिकबाट १७ रनमा क्याच आउट हुन पुगे । डु प्लेसिसले १० बलमा तीन चौका प्रहार गरे । १३ औैं ओभरको पहिलो बलमा कमलेश नगरकोटीले आम्बाती रायुडुलाई सुभमन गिलबाट ३० रनमा क्याच आउट गराए । रायुडुले २७ बलमा तीन चौका प्रहार गरे । दोस्रो विकेटका लागि रायुडु र वाटसनले ६९ रनको साझेदारी गरेका थिए ।

१४ औं ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले वाटसनलाई ५० रनमा एलबिडब्लू आउट गरे । वाटसनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे । १७ औं ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई बरुण चक्रबर्तीले ११ रनमा बोल्ड आउट गरे ।

आन्द्रे रसेलको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका साम करन ओईन मोर्गनबाट १७ रनमा क्याच आउट भएपछि चेन्नईको जित कठिन बनेको थियो । करनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । ड्वेन ब्राभोको १७ औं ओभरकपाँचौ बलमा शेन वाटसनबाट क्याच आउट हुनुअघि त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

पाँचौ ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले ओपनर सुभमन गिललाई धोनीबाट ११ रनमा क्याच गराउँदै चेन्नईलाई पहिलो सफलता दिलाए । कोलकाताले आजको खेलमा ओपनिङ जोडीमा परिवर्तन गरेको थियो । सुरुवाती चार खेलमा खराब प्रर्दशन गरेको अलराउन्डर सुनिल नारायणको स्थानमा राहुल त्रिपाठीलाई ओपनिङ गराउने निर्णय लिएको थियो । पहिलो विकेटका लागि त्रिपाठी र गिलले ३७ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर करण शर्माले नवौं ओभरको पहिलो बलमा नितेश राणालाई रविन्द्र जडेजाबाट ९ रनमा क्याच आउट गराए । शर्मालेनै ११ औं ओभरको अन्तिम बलमा नारायणलाई १७ रनमा फाफ डु प्लेसिसबाट उत्कृष्ट क्याच आउट गराए । डिप मिड विकेटमा उत्कृष्ट क्याच हुनुअघि नारायणले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

साम करनको १४ औं ओभरको अन्तिम बाउन्सर बलमा सट खेल्न खोजेका ओईन मोर्गन एज लागेर धोनीबाट ७ रनमा क्याच आउट हुन पुगे । ठाकुरको १६ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल एज लाग्दै धोनीबाट २ रनमा क्याच आउट हुन पुगेपछि कोलकाता १२८–५ को अवस्थामा पुगेको थियो । साम करनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलका कप्तान दिनेश कार्तिक ठाकुरबाट १२ रनमा क्याच आउट हुन पुगे । प्याट कमिन्स ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।

करण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा २८ रन २ खर्चेर विकेट लिए । साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । ड्वेन ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दीपक चहर सर्वाधिक महँगो बलर सावित भए । उनले ४ ओभरमा ४७ रन खर्चे ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्स १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । तर पन्जाबलाई भने १० विकेटले पराजित गरेको थियो । चेन्नईले अव आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो । कोलकाताले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.