default_image

5 years ago

October 9, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लने अवसर

131 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिने अवसर छ । दिल्लीले आज राजस्थान रोयल्ससँग खेल्दै छ । राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाहमा सुरु हुनेछ ।

दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकनै भएपनि नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । यता राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । आजको खेलमा दिल्ली विजयी हुन सके १० अंकका साथ शीर्ष स्थानमा उक्लिने छ ।

राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा हुने शारजाहको बाउन्ड्री छोटो छ । जारी सिजनमा शारजाहमा भएका चार खेल मध्य ७ इनिङमा २ सय माथिको योगफल बनेको छ । दिल्लीले शारजाहमा कोलकाता नाइट राइडर्सबिरुद्ध २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो ।

यता राजस्थानले शारजाहमा किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको सय २४ रनको लक्ष्य तीन बल आगडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । त्यसअघि शारजाहमै राजस्थानले चेन्नईबिरुद्ध ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।

राजस्थान भन्दा दिल्ली बलियो देखिन्छ । दिल्लीका ओपनर पृथ्वी शा र कप्तान श्रेयस ऐर राम्रो लयमा छन् । यी दुई ब्याट्सम्यान शारजाहमा पुन नायक बन्न सक्छन् । शिखर धवनले पनि राम्रो सुरुवात दिदै आएका छन् । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका मार्कस स्टोइनिसको लयले गर्दा दिल्ली झनै बलियो बनेको छ ।

ऋषभ पन्त र शिम्रन हेटमायर मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै ठूलो इनिङका साथ खेललाई मोड्न सक्छन् । दिल्लीको प्रमुख हतियार तीव्र गतिका बलर कागिसो रबाडा हुन् । रबाडाले जारी सिजनमा ५ खेलमा १२ विकेट लिई सकेका छन् । रबाडाले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरबिरुद्ध ४ विकेट लिदै सहज जित दिलाएका थिए । रबाडालाई दक्षिण अफ्रिकी अर्का तीव्र गतिका बलर एनरिच नोर्टजेले राम्रो साथ दिएका छन् । उनले ७ विकेट लिएका छन् ।

पछिल्लो दुई खेलमा बेंगलोरबिरुद्ध २ र कोलकाताबिरुद्ध ३ विकेट लिएका थिए । यी दुई तीव्र गतिका बलर दिल्लीका प्रमुख हतियार हुन् । बेंगलोरबिरुद्ध प्रमुख दुई विकेट लिदै ‘म्यान अफ द म्याच’ चुनिएका स्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनले स्पिनर जोडिमा निरन्तरता पाउने छन् ।

यता सुरुवाती पाँच खेलमा बेन्चमा बसेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आजको खेलमा पनि सम्भावना देखिदैन । चार विदेशी खेलाडीको उच्च प्रर्दशन, दुबै भारतीय स्पिनरको राम्रो लय र टोली सन्तुलको कारण सन्दीप दिल्लीको रणनीतिमा देखिदैनन् । दिल्लीले आजको खेलमा खेलाडी परिवर्तन गर्ने सम्भावना पनि देखिँदैन ।

यता राजस्थान पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । राजस्थान आफ्नो हारको सिलसिला दिल्लीबिरुद्ध रोक्न चाहान्छ । मुम्बईबिरुद्ध उत्कृष्ट ७० रन जोडेका ओपनर तथा विकेटकिपर जस बटलर त्यसलाई निरन्तरता दिन खोज्ने छन् । उनलाई स्टिभ स्मिथ र सन्जु स्यामसनले राम्रो साथ दिन आवश्यक छ ।

शीर्षक्रममा निर्भर राजस्थानका स्मिथ, स्यामसन र बटलरले उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । पन्जाब र चेन्नईबिरुद्ध लगातार अर्ध शतक बनाएपनि पछिल्लो तीन खेलमा स्मिथले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । टोलीको प्रमुख ब्याट्सम्यान र कप्तानको नाताले पनि उनलाई ठूलो इनिङ खेल्न आवश्यक छ । त्यस्तै सुरुवाती दुई खेलमा उत्कृष्ट ब्याटिङका साथ ‘म्यान अफ द म्याच’ चुनिएका सन्जु स्यामसन पछिल्ला तीन खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । स्यामसनलाई पनि ठूलो इनिङ खेल्न आवश्यक छ ।

आजको खेलमा अलराउन्डर टम करनको स्थानमा डेभिड मिलरलाई खेलाउन सक्छ । मैदान छोटो हुदा मिलर त्यसको फाइदा उठाउँदै ठूलो इनिङ खेल्न सक्छन् । जोफ्रा आर्चर बलिङ हतियार हुन् । उनलाई अन्य तीव्र गतिका बलरले राम्रो साथ दिन आवश्यक देखिन्छ । अंकित राजपुतको स्थानमा जयदेव उनादकटलाई खेलाउन सक्छ ।

आइपिएलमा यी दुई टोलीबीच हालसम्म कुल २० खेल भएको छ । जसमा दिल्ली ९ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ । दिल्लीले राजस्थानबिरुद्ध हालसम्म बनाएको उच्च योगफल १ सय ९६ छ । सबैभन्दा कम योगफल ६० रन छ । राजस्थानले दिल्लीबिरुद्ध बनाएको उच्च योगफल २ सय १ र कम १ सय १५ रन छ । गतवर्ष दिल्ली दुबै खेलमा विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.