5 years ago
October 9, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ८५ रनको मध्यम लक्ष्य दिएको छ ।

शारजाहमा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । जारी सिजनमा शारजाहमा पहिला ब्याटिङ गर्दै २ सय भन्दा कम योगफल बनाउने दिल्ली पहिलो टोली बनेको छ । दिल्लीका शिम्रन हेटमायरले २४ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए ।
शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउँदै उत्कृष्ट सुरुवात गर्ने आशा गरिएको थियो । तर दिल्लीको सुरुवात खराब रह्यो । जोफ्रा आर्चरले दोस्रो ओभरको तेस्रो बलम ओपनर शिखर धवनलाई यशस्वी जैसवालबाट ५ रनमा क्याच आउट गराए । आर्चरकै पाँचौ ओभरको दोस्रो बलमा ठूलो सट खेलेका पृथ्वी शा टप एज लागेपछि १९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । शा ले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
छैटौं ओभरको पाँचौ बलमा कप्तान श्रेयस ऐरलाई जैसवालले उत्कृष्ट डाइरेक्ट हिटमा स्टम्प ताक्दै रन आउट गराएपछि दिल्ली ५०–३ को कमजोर अवस्थामा पुगेको थियो । पहिलो पावर प्लेमै शीर्षक्रमका तीन प्रमुख ब्याट्सम्यान गुमाएको दिल्लीको जिम्मेवारी मार्कस स्टोइनिस र ऋषभ पन्तको काँधमा गएको थियो ।
तर दशौं ओभरको दोस्रो बलमा पन्तपनि ५ रनमा आउट बन्न पुगेपछि दिल्ली थप समस्यामा परेको थियो । १४ औं ओभरको तेस्रो बलमा स्पिनर राहुल टेवाटियाले मार्कस स्टोइनिसलाई ३९ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शारजाहको छोटो बाउन्ड्रीमा ठूलो योगफलको सम्भावना टाढिएको थियो । स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गरे ।
कार्तिक त्यागीको १७ औं ओभरको अन्तिम बलमा लगातार तेस्रो छक्का प्रहार गर्ने धुनमा ठूलो सट खेलेका हेटमायर लङअङमा टेवाटियाबाट क्याच आउट हुन पुगेपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । हर्षल पटेल १५ बलमा १ चौका सहित १६ रनमा आउट भए । अक्षर पटेलले ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए ।
राहुल टेवाटियाले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २४ रन ३ खर्चेर विकेट लिए । एन्ड्रु टाईले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]