default_image

5 years ago

October 9, 2020

दिल्ली शीर्षस्थानमा उक्लियो

165 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । राजस्थानका राहुल टेवाटियाले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै युवा ब्याट्सम्यान यशस्वी जैसवालले ३६ बलमा २ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए ।

स्पिनर रविचन्द्रन आश्विनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई १३ रनमा शिखर धवनबाट उत्कृष्ट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । बटलरले ८ बलमा २ चौका प्रहार गरे । एनरिच नोर्टजेको नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ २४ रनमा शिम्रन हेटमायरबाट उत्कृष्ट क्याच आउट हुन पुगे ।

स्मिथले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले ११ औं ओभरको तेस्रो बलमा सन्जु स्यामसनलाई ५ रनमा हेटमायरबाट क्याच गराएपछि राजस्थानको जित कठिन देखिएको थियो । आश्विनले महिपाल लोमरोरलाई १ रनमा क्याच आउट गराए ।

मार्कस स्टोइनिसले १३ औं ओभरको पहिलो बलमा जैसवाललाई बोल्ड आउट गरेपछि दिल्ली खेलमा पूर्णरुपमा हाबी बनेको थियो । १४ औं ओभरको पाँचौ बलमा अक्षर पटेलले एन्डु टाईलाई ६ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए ।

रबाडाले १५ औं ओभरको पाँचौ बलमा रबाडाले जोफ्रा आर्चरलाई २ रनमा कप्तान श्रेयस ऐरबाट क्याच आउट गराउँदा राजस्थान १००–७ को कमजोर अवस्थामा पुगेको थियो । श्रेयस गोपाल २ रनमा क्याच आउट भए । २० औं ओभरको पहिलो बलमा रबाडाले टेवाटियालाई बोल्ड आउट गरे ।

रविचन्द्रन आश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजे, अक्षर पटेल र हर्षल पटेलको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । दिल्लीका शिम्रन हेटमायरले २४ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिएका थिए ।

जोफ्रा आर्चरले दोस्रो ओभरको तेस्रो बलम ओपनर शिखर धवनलाई यशस्वी जैसवालबाट ५ रनमा क्याच आउट गराए । आर्चरकै पाँचौ ओभरको दोस्रो बलमा ठूलो सट खेलेका पृथ्वी शा टप एज लागेपछि १९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । शा ले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

छैटौं ओभरको पाँचौ बलमा कप्तान श्रेयस ऐरलाई जैसवालले उत्कृष्ट डाइरेक्ट हिटमा स्टम्प ताक्दै रन आउट गराएपछि दिल्ली ५०–३ को कमजोर अवस्थामा पुगेको थियो । दशौं ओभरको दोस्रो बलमा विकेटकिपर ऋषभ पन्तपनि ५ रनमा आउट बन्न पुगेपछि दिल्ली थप समस्यामा परेको थियो । १४ औं ओभरको तेस्रो बलमा स्पिनर राहुल टेवाटियाले मार्कस स्टोइनिसलाई ३९ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शारजाहको छोटो बाउन्ड्रीमा ठूलो योगफलको सम्भावना टाढिएको थियो । स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गरे ।

कार्तिक त्यागीको १७ औं ओभरको अन्तिम बलमा लगातार तेस्रो छक्का प्रहार गर्ने धुनमा ठूलो सट खेलेका हेटमायर लङअङमा टेवाटियाबाट क्याच आउट हुन पुगेपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । हर्षल पटेल १५ बलमा १ चौका सहित १६ रनमा आउट भए । अक्षर पटेलले ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए ।

राहुल टेवाटियाले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २४ रन ३ खर्चेर विकेट लिए । एन्ड्रु टाईले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । दिल्लीले अव आइतबार मुम्बईसँग खेल्ने छ । आइतबारनै राजस्थानले सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

यो जितसँगै दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा छ । समान ५ खेलमा ६–६ अंक भएपनि नेट रन रेटको आधारमा कोलकाता चौथो र बेंगलोर पाँचौ स्थानमा छन् ।

चेन्नई सुपर किंग्स ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौ स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.