5 years ago
October 10, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

आबूधाबीमा भएको टसमा कोलकाताका कप्तान दिनेश कार्तिकले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । घाइते भएका तीव्र गतिका बलर शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई मौका दिएको छ । कोलकाताले पनि एक परिवर्तन गरेको छ । शिवम माभीको स्थानमा प्रसिद्ध कृष्णलाई मौका दिएको छ ।
पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा छ । कोलकाता ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २५ खेल भएको छ । जसमा कोलकता १७ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो ।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, मनदीप सिंह, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, प्रभशिम्रन सिंह, मुजिब उर हरमान, रबि बिश्रोई, मोहम्मद शामी र क्रिस जोर्डन ।
कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]