default_image

4 years ago

October 12, 2020

बेंगलोरविरुद्ध टम ब्यान्टनको ‘डेब्यू’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको […]

36 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको स्थान लिएका हुन् । ब्यान्टनलाई इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले कोलकाताको डेब्यु क्याप दिएका थिए ।

आक्रामक ब्याटिङका लागि परिचित ब्यान्टनले शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउने अनुमान गरिएको छ । बेंगलोरले टोलीमा एक परिवर्तन गरेको छ । बलिङ लाइनअप बलियो बनाउन तीव्र गतिका बलर मोहम्मद शिराजलाई मौका दिदै गुरक्रित सिंहमानलाई बेन्चमा राखेको छ ।

बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली ९कप्तान० एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल

कोलकाता प्लेइङ ११ – टम ब्यान्टन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक ९विकेटकिपर तथा कप्तान०, कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.