default_image

4 years ago

October 12, 2020

कोलकातामाथि बेंगलोरको उत्कृष्ट जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन […]

39 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ ।

जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

चौथो ओभरको अन्तिम बलमा नवदीप सैनीले डेब्यू खेल खेलेका ओपनर टम ब्यान्टनलाई ८ रनमा बोल्ड आउट गरे । आठौैं ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले नितेश राणालाई ९ रनमा बोल्ड आउट गर्दै कोलकातामाथि दबाब बढाए । दशौं ओभरको तेस्रो बलमा सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे । गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे ।

कोलकाताले निरन्तर विकेट गुमाई रह्यो । ११ औं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई युजभेन्द्र चहलले १ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा हाबी बनाए । सुन्दरको १२ औं ओभरको पहिलो बलमा ओईन मोर्गन ८ रनमा इसुरु उडानाबाट क्याच आउट भएपछि कोलकाता ६४– ५ को कमजोर अवस्थामा पुगेको थियो ।

कोलकाताको आशा र भरोसा सबै आन्द्रे रसेलमाथि रहेको थियो । तर उडानाको १४ औं ओभरको पाँचौ बल ठूलो सट खेल्ने धुनमा मोहम्मद शिराजबाट १६ रनमा क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । रसेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न सकेनन् । प्याट कमिन्स १, राहुल त्रिपाठी १६ र कमलेश नगरकोटी ४ रनमा आउट भए ।

बेंगलोरका वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, इसुरु उडाना, मोहम्मद शिराज र नवदीप सैनी एक एक विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे । कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे ।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो ।

बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७.४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले पाडिक्कललाई ३२ रनमा बोल्ड आउट गरे । पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णले फिन्चलाई ४७ रनमा बोल्ड आउट गरे । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । बेंगलोरले अव बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । कोलकाताले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

अंक तालिका

मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।

सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.