5 years ago
October 13, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुने खेलमा चेन्नई तेस्रो र हैदराबाद चौथो जितको सोचमा मैदान उत्रर्दै छन् । डेभिड वार्नर कप्तान रहेको हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ । महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ ।
हैदराबाद ओपनर डेभिड वार्नर, जोनी बेयरस्टो, केन विलियम्सन र मनिष पान्डेमा निर्भर रहँदै आएको छ । हैदराबादलाई तल्लोक्रमका ब्याट्सम्यानलाई उच्च प्रर्दशन गर्नुपर्ने आवश्यक देखिन्छ । तल्लोक्रमका प्रियम गर्ग, अभिषेक शर्मा र विजय शंकरलाई ठूलो इनिङ खेल्न आवश्यक रहन्छ । स्पिनर राशिद खान हैदराबादका प्रमुख हतियार हुन् । उनी चेन्नईका ब्याट्सम्यानलाई घातक बन्न सक्छन् । त्यस्तै टि नटराजनले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् ।
चेन्नईका फाफ डु प्लेसिस भने राम्रो लयमा छन् । डु प्लेसिसलाई शेन वाटसन र अम्बाती रायुडुले राम्रो साथ दिन आवश्यक छ । मध्यक्रम चेन्नईको निकै कमजोर छ । चेन्नई मध्यक्रममै अलरान्डरमा निर्भर छ । साम करन, रविन्द्र जडेजा र ड्वेन ब्राभोले उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ । कप्तान महेन्द्रसिंह धोनी चेन्नईका प्रमुख हतियार हुन् । धोनीको प्रर्दशन चेन्नईलाई महत्वपूर्ण हुने छ ।
आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १३ खेल भएको छ । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा चेन्नई हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सकेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]