default_image

5 years ago

October 13, 2020

चेन्नईबाट दशक अघिको प्रर्दशन दोहोरिने अपेक्षा

164 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स जारी सिजनमा सुरुवाती समय खराब प्रर्दशन गरेको छ ।

सुरुवाती ७ खेलमा ५ मा हार र २ मा जित सहित चेन्नई अंक तालिकामा सातौं स्थानमा छ । आइपिएल इतिहासमा चेन्नईले सुरुवाती ७ खेलमा पाँच खेल गुमाएको यो दोस्रो पटक हो । यसअघि चेन्नईले सन् २०१० सुरुवाती ७ खेलमा ५ खेल हारेको थियो । तर उत्कृष्ट पूनरागमनको साथ चेन्नई त्यसैवर्ष पहिलो उपाधि जितेको थियो ।

सन् २०२० मा लिग चरणका आधा खेल सकिँदा चेन्नई एक दशक अघिकै अवस्थामा छ । त्यसैले चेन्नईबाट एक दशक अघिको नतिजाको अपेक्षा गरिएको छ । जारी सिजनमा चेन्नईले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर राजस्थानसँग १६ रन, दिल्ली क्यापिटल्ससँग ४४ रन र सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुग्यो ।

पाँचौ खेलमा किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै उत्कृष्ट पूनरागमन गर्ने संकेत दिएको थियो । तर कोलकाता नाइट राइडर्ससँग १० रन र रोयल च्यालेन्जर्स बेंगलोरसँग ३७ रनले पराजित हुँदै पहिलो पटक लिग चरणबाट बाहिरिने खतरामा पुगेको छ । यो अवस्थामा चेन्नईलाई प्रर्दशनमा जादुगर्न आवश्यक छ ।

सन् २०१० मा चेन्नईले पहिलो खेलमा डेक्कन चार्जर्ससँग ३१ रनले पराजित हुन पुगेको थियो । कोलकातालाई ५५ रन र दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै राम्रो पूनरागमन गरेको थियो । त्यसपछि भने चेन्नई लगातार चार खेलमा पराजित भएको थियो । चेन्नई पन्जाबसँग सुपर ओभर, बेंगलोरसँग ३६ रन, मुम्बईसँग ५ विकेट र राजस्थान रोयल्ससँग १७ रनले पराजित हुँदै इतिहासकै खराब अवस्थामा पुगेको थियो ।

धेरैले त्यस सिजन लिग चरणबाटै बाहिरिने बताएका थिए । तर कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट रणनीतिमा पछिल्ला ७ मध्य ५ खेलमा जित निकाल्दै १४ अंकका साथ तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।

सुरुवाती ७ खेलमा ५ खेल हारेको चेन्नईले त्यसपछि लगातार तीन खेलमा जित निकालेको थियो । बेंगलोरलाई ५ विकेटले हराउँदा राजस्थानलाई २३ रनले हराएको थियो । मुम्बईलाई २४ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान कायमै राखेको थियो । डेक्सनसँग भने ६ विकेटले पराजित हुन पुगेको थियो । चेन्नईले कोलकातालाई ९ विकेटले पराजित गर्दै सेमिफाइनको सम्भावना बलियो बनाउन पुगेको थियो । दिल्लीसँग ६ विकेटले पराजित भएपनि लिग चरणको अन्तिम खेलमा पन्जाबलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनलमा चेन्नईले डेस्कनलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा चेन्नईले मुम्बईलाई २२ रनले हराउँदै पहिलो पटक च्याम्पियन बन्न सफल भएको थियो । चेन्नईले अव बाँकी ७ खेलमा उत्कृष्ट नतिजा निकाल्नु बाहेक अन्य विकल्प छैन ।

अब चेन्नई आफ्नो उत्कृष्ट नतिजासँगै टोली अन्य टोलीको प्रर्दशनमा पनि निर्भर रहनुपर्छ । सन् २०१०, २०११ र २०१८ को च्याम्पियन चेन्नई हालसम्म लिग चरणबाट नबाहिरिने एकमात्र टोली हो । आफ्नो उक्त विरासत बचाउन चेन्नईका खेलाडीलाई जादुमय प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

यस पटक चेन्नईको मध्यक्रम सबैभन्दा कमजोर देखिन्छ । तर उक्त कमजोरलाई छोडेर आफ्नो बलियो पक्षलाई ध्यान दिन आवश्यक छ । चेन्नईको बलियो पक्ष बनेको अनुभवी खेलाडीको बाहुल्यता हो । अनुभवको सदुपयोग गर्दै दबाबमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । चेन्नईबाट ब्याटिङमा फाप डु प्लेसिस राम्रो लयमा छन् । उनलाई शेन वाटसन र आम्बाती रायुडूले राम्रो साथ दिन आवश्यक छ ।

तल्लोक्रममा महेन्द्रसिंह धोनी, साम करन र रविन्द्र जडेजाले उत्कृष्ट अन्त्य गर्न सक्नुपर्छ । विश्वकै उत्कृष्ट फिनिसर धोनीले आफ्नो स्वभाविक खेल खेल्न आवश्यक पर्दछ । यसअघि चेन्नईको मुख्य हतियार स्पिन आक्रामण हो । तर यस पटक चेन्नईको स्पिनरकै प्रर्दशन कमजोर छ । सुरुवाती ७ खेलमा चेन्नईका ३ बलरले ११ विकेट लिएका छन् ।

तीव्र गतिका बलर प्रमुख हतियार दीपक चहरले ७ खेलमा ६ विकेटमात्र लिन सकेका छन् । साम करनले ८ विकेट लिएका छन् । चेन्नईको मध्यक्रम ब्याटिङ निकै कमजोर देखिन्छ । आइपिएलका सर्वाधिक सफल ब्याट्सम्यान मध्यका एक सुरेश रैनाले पारिवारिक आफ्नो नाम फिर्तालिएपछि चेन्नईको मध्यक्रम बन्न पुगेको हो । मिड सिजन ट्रान्सफर मार्फत मध्यक्रम ब्याटिङ समस्या समधान गर्न सके चेन्नईलाई ठूलो राहत पुग्ने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.