default_image

9 years ago

September 9, 2016

कर्पोरेट क्रीकेटको दोस्रो दिन एनएसजेएफ र यतिको राम्रो प्रदर्शन

158 views

0 Bookmark

कोका कोला इन्डोर कर्पोरेट कप २०१६ को दोस्रो दिन आज समुह चरणको ५ खेल सकिएका छन।  दिनको पहिलो खेलमा एफवन सफ्टले गोर्खा ब्रेवरीलाई ३ विकेटले हरायो । टस जितेर पहिले फिल्डिङ रोजेको एफवन सफ्टले बलियो मानिएको गोर्खा ब्रेवरीलाई १० ओभर १ बलमा सबै विकेट लिदै ७३ रनमा रोक्न सफल भयो । जवाफमा १० ओभर १ बल खेल्दै एफवन सफ्टले ४ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो।

indoor cricket

त्यस्तै दोस्रो खेलमा नेपाल खेल्कुद पत्रकार मन्च (एनएसजेएफ) ले फ्याक्ट्स नेपाल बिरुद्ध ६ विकेटको जित हासिल गर्‍यो । दोस्रो ब्याटिङ गरेको एनएसजेएफले सानो मानिएको ३७ रनको लक्ष्य ६ ओभरको अन्त्यमा १ विकेटको क्षतिमा पुरा गर्‍यो । एनएसजेएफकालागी ३ विकेट लिएर ११ रनको योगदान दिदै सुबास हुमागाइले अल राउण्ड प्रदर्शन गरे ।

त्यस्तै अन्य खेलहरुमा यतीएयरले बोट्लर्स नेपाललाई ६ विकेटले जित्यो, त्यस्तै प्रीमियर इन्सुरेन्स बिरुद्ध ५० रनको जित बटुल्दै सिप्रदी समुह बिजेता भयो भने अन्तिम खेलमा कान्तिपुर टेलिभिजनले फ्याक्ट्स नेपाललाई ३१ रनले जित्न सफल भयो  ।

भोली दुइ समुह चरणको खेलहरु हुनेछ भने सम्पूर्ण क्वाटरफाइनल खेल भोली निष्कर्षमा पुग्ने छन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.