default_image

5 years ago

October 14, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लिने अवसर

119 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक तालिमा नेट रन रेटको आधारमा दोस्रो छ । समान १० अंकनै भएपनि नेट रनरेटको आधारमा मुम्बई इन्डियन्स शीर्ष र रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छन् । आजको खेलमा विजयी भएमा दिल्ली १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ ।

यता राजस्थान भने ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । राजस्थान दिल्लीलाई हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहन्छ । पछिल्लो खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको राजस्थानको मनोबल उच्च छ । उक्तक्रममा राहुल टेवाटियाले ४५ र रियान पराग ४२ रनमा अविजित रहँदै जित पक्का गराएका थिए ।

टेवाटिया र परागले उक्त खेलमा राजस्थान शीर्षक्रममा मात्र निर्भर छैन भन्ने संकेत दिएका थिए । तर राजस्थानका शीर्षक्रमका ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । राजस्थानले दिल्लीलाई हराउन स्टिभ स्मिथ, जस बटलर, सन्जु स्यामसन र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गर्न आवश्यक देखिन्छ । जोफ्रा आर्चर बलिङ हतियार हुन् । जोफ्रा आर्चरलाई अन्य बलरले राम्रो साथ दिन आवश्यक छ ।

राजस्थानले चार विदेशी खेलाडीमा स्टोक्स, स्मिथ, आर्चर र बटलरलाई खेलाउने छ । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै आएका अलराउन्डर टेवाटिया दिल्लीलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् । स्टोक्स राजस्थानका प्रमुख खेलाडी हुन् । उनको प्रर्दशन निकै महत्त्वपूर्ण हुने छ ।

दिल्ली पछिल्लो खेलमा मुम्बईसँग ५ विकेटले पराजित हुन पुगेको थियो । विकेटकिपर ऋषभ पन्त घाइते भएको हुँदा उनले आजको खेल पनि गुमाउने छन् । पन्त घाइते हुँदा दिल्लीले विकेटकिपरमा अष्ट्रेलियाका एलेक्स केरी र चौथो नम्बरमा अजिंक्या रहाणेलाई निरन्तरता दिने छ । अर्का आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर पनि बेन्चमा बस्नुपर्ने हुन्छ ।

दुई आक्रामक ब्याट्सम्यान टोलीमा नहुँदा दिल्ली केहि दबाबमा रहने छ । पृथ्वी शा, शिखर धवन र कप्तान श्रेयस ऐरलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ । तल्लोक्रममा मार्कस स्टोइनिसले आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । सुरुवाती ७ खेलमा १७ विकेट लिएका तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । रबाडालाई एनरिच नोर्टजे र हर्षल पटेलले राम्रो साथ दिन आवश्यक देखिन्छ ।

दिल्लीले स्पिनरमा रविचन्द्रन आश्विन र अक्षर पटेललाई निरन्तरता दिने छ । दुबईको बाउन्ड्री ठूलो हुँदा मध्यक्रममा आश्विन र अक्षर दिल्लीका लागि नायक बन्न सक्छन् । दुबै टोलीमा खेलाडी परिवर्तन गर्ने सम्भावना कम छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि बेन्चमा बस्ने सम्भावना छ । दिल्लीले चार विदेशी खेलाडीमा रबाडा, नोर्टजे, स्टोइनिस र केरीलाई खेलाउने छ ।

आइपिएलमा दिल्ली र राजस्थानबीच कुल २१ खेल भएका छन् । दिल्ली १० खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जारी सिजनको पहिलो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । शारजाहमा सम्पन्न उक्त खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो ।

अंक तालिका

मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.