9 years ago
September 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अधिकांश स्टारहरुलाई दशै अघि घरेलु क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको देख्न पाइने भएको छ।

झन्डै तीन बर्षअघि एनपिएल आयोजनाका कारण विवादमा परेको जोहरा स्पोर्टस मेनेजमेन्टले नयाँ योजनाका साथ वाइवाइ प्रिमियर लिग (इपिएल) क्रिकेट अर्को महिना राजधानीमा आयोजना गर्ने लागेको छ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश स्टारहरुको सहभागिता रहने प्रतियोगिता असोज ८ देखि १७ गते सम्म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ६ टोलीको सहभागिता रहने प्रतियोगितामा १६ खेल हुनेछन् । राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
तीन बर्षअघि धनगढीमा आयोजना भएको एनपिएल खेलेकै ६ टोलीले यसपटकको इपिएलमा प्रतिस्पर्धा गर्ने जोहराका आमिर अख्तरले जानकारी दिए । जसमा पञ्चकन्या तेज, कलर्स एक्स फ्याक्टर, विशाल ग्रुप वारियरर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोस र सगरमाथा लिजेन्ड्स रहेका छन् ।
पारस विशाल ग्रुप र , ज्ञानेन्द्र कलर्स एक्सको कप्तान रहेका छन् । पन्चकन्या तेजको कप्तानी शरद भेषावकरले कान्तिपुर गोर्खाजको बसन्त रेग्मी जगदम्बा राइजोजको शक्ति गौचन र सगरमाथा लिजेन्ड् विनोद भण्डारीले गर्नेछन् ।
एनपिएलमा भन्दा खेलाडीको म्याच फिमा चार गुणाले बृद्धि भएको जोहराले उल्लेख गरेको छ । इपिएलमा प्रतिस्पर्धा गर्ने खेलाडीले कम्तीमा ४० हजार देखि १ लाख २० हजार रुपैयाँ सम्म पाउनेछन् । आयोजकले इपिएलका सहभागी खेलाडीलाई चार श्रेणीमा विभाजन गरि म्याच फिको रकम तोकेको छ । हरेक टोलीको कप्तानले प्रति खेल २० हजार रुपैयाँ म्याच फि पाउनेछन् ।
राष्ट्रिय टोलीकाबाट कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका खेलाडीले एक खेल बराबर १५ हजार रुपैया प्राप्त गर्नेछन् भने यू १९ विश्वकप टोलीका सदस्यले १२ हजार रुपैयाँ पाउनेछन् । बाँकी खेलाडीले भने हरेक खेल वापत ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । घरेलु क्रिकेटमा खेलाडीले म्याच फि वापत पाउने यो अहिले सम्मकै ठूलो रकम हो । खेलाडीले प्रतियोगिता अघि ६० र पछि ४० प्रतिशत पाउने बताइएको छ ।
प्रायोजन रकमका बारेमा जानकारी नदिएपनि दुवै पक्षले क्रिकेट विकासका लागि सहकार्य लामो समयसम्म रहने विश्वास व्यक्त गरे ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाइ वाइ झन्डै दशकदेखि क्रिकेटको साथमा रहेको चर्चा गर्दै भने इपिएल आयोजनाले नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने बताए ।
कप्तान पारसले इपिएलले घरेलु क्रिकेटलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरे । ‘अढाई बर्षदेखि घरेलु प्रतियोगिता हुन सकेको छैन । नेपाली क्रिकेटलाई यस्तो प्रतियोगिता आयोजना जरुरी थियो,’ उनले भने,‘ यसले घरेलु दर्शकमा सकारात्मक सन्देश जानेछ ।’ हरेक टोलीका खेलाडीमा अधिकांश पुरानै खेलाडी रहनेछन् ।
आन्तरिक विवादमा रुमलिएको नेपाल क्रिकेट संघ (क्यान) माथि भने पछिल्लो पाँच महिना देखि अन्रतर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको छ । आन्तरिकद्वन्द्वले २ बर्ष भन्दा लामो समयदेखि घरेलु क्रिकेट प्रतियोगिता हुन सकेको छैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]