5 years ago
October 17, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनी अन्तिम ओभरमा क्रिस मोरिसको बलमा क्याच आउट भएका थिए ।
राजस्थानलाई ओपनर बेन स्टोक्स र रोबिन उथप्पाले ५.४ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्रिस मोरिसको बलमा विकेटकिपर एबि डि भिलियर्सबाट बेन स्टोक्स १५ रनमा समातिन पुगेपछि बेंगलोरले पहिलो सफलता हात पारेको थियो । स्टोक्सले १९ बलमा २ चौका प्रहार गरे ।

स्पिनर युजभेन्द्र चहलले आठौं ओभरमा दुई महत्वपूर्ण विकेट लिदै बेंगलोरलाई खेलमा फर्काएका थिए । आठौं ओभरको चौथो बलमा उथप्पालाई आरोन फिन्चबाट ४१ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सन्जु स्यामसन ९ रनमा मोरिसबाट क्याच आउट हुन पुगे पछि राम्रो सुरुवात गरेपनी पुनः दबाबमा परेको थियो ।
जोस बटलरले २५ बलमा १ चौका र १ छक्कासहित २४ रनको योगदान दिए । राहुल टेवाटियाले ११ बलमा १ छक्का र १ चौकासहित १९ रन जोड्दै अविजित रहे । जोफ्रा आर्चरले ३ बलमा २ रनमात्र जोडे । राजस्थानका लागि मोरिसले ४ विकेट तत्गा युजवेन्द्र चहलले २ विकेट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]