default_image

5 years ago

October 17, 2020

आइपिएलमा रबाडाको कीर्तिमान

204 views

0 Bookmark

एजेन्सी– दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमान बनाएका छन् ।

दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् । रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रबाडाले यस सफलता मात्र २७ खेलमा पूरा गरेका छन् । यसअघि आइपिएलमा सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान सुनिल नारायणको नाममा थियो । नारायणले ३२ खेलमा पूरा गरेका थिए । लासिथ मलिङ्गाले ३३, इमरान ताहिरले ३५ र अमित मिश्राले ३७ खेलमा ५० विकेट पूरा गरेका थिए ।

रबाडा सर्वाधिक कम बल फ्याँक्दै आइपिएलमा ५० विकेट लिने बलर बनेका छन् । रबाडाले ६ सय १६ बलमा यस सफलता हात पारेका छन् । यसअघि मलिङ्गाले ७ सय ४९ बलमा उक्त सफलता हात पारेका थिए । सुनिल नारायणले ७ सय ६० र इमरान ताहिरले ७ सय ६६ बलमा उक्त सफलता हात पारेका थिए । मोहित शर्माले ७ सय ९७ बलमा ५० विकेट पूरा गरेका थिए ।

रबाडाले आइपिएलमा लगातार विकेट लिदै उच्च प्रर्दशन गर्दै आएका छन् । यस सिजनमा ९ खेलमा १९ विकेट लिदै पर्पल क्यापको बलियो दाबेदारका रुपमा छन् । गतवर्ष रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । गतवर्ष चोटको कारण लिग चरणका खेल नसकिंदै बाहिरिनु परेको थियो ।

दिल्लीका प्रमुख हतियार रबाडाले निरन्तर उच्च प्रर्दशन गर्दै दिल्लीलाई सफलता दिलाउँदै आएका छन् । २५ वर्षिय रबाडा वर्तमान समयका एक सर्वोत्कृष्ट तीव्र गतिका बलर हुन् । तीव्र गतिसँगै योर्करका लागि माहिर छन् । आइपिएलमा रबाडाले सन् २०१७ अप्रिलमा दिल्ली क्यापिटल्सबाट मुम्बई इन्डियन्सविरुद्ध वानखडे स्टेडियममा डेब्यु गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.