5 years ago
October 18, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

कोलकाता पाँचौं र हैदराबाद चौथो जितको सोचमा छन् । जारी आइपिएलमा कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । दुबै टोलीलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्न जित्नुपर्ने दबाब छ ।
जारी सिजनमा लिग चरणको पहिलो खेलमा कोलकाताले हैदराबादलाई ७ विकेटले हराएको थियो । कोलकाता त्यस्तै नतिजा दोस्रो खेलमा पनि निकाल्न चाहान्छ । हैदराबाद उक्त हारबाट पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्ने सोचमा छ ।
पछिल्लो खेलमा कोलकाता मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा कप्तान ओईन मोर्गन ३९ र तीव्र गतिका बलर प्याट कमिन्सले ५३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । युवा ब्याट्सम्यान सुभमन गिल र राहुल त्रिपाठीले ओपनिङ गरेका थिए । यी दुबै ओपनरले उच्च प्रर्दशन गर्नु पर्ने हुन्छ ।
यता आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न कप्तानी छोडेका विकेटकिपर दिनेश कार्तिकको प्रर्दशन कमजोर छ । मध्यक्रममा कार्तिकले उत्कृष्ट ब्याटिङ गर्न आवश्यक देखिन्छ । अलराउन्डर आन्द्रे रसेलको प्रर्दशन लगातार कमजोर रहँदै आएको छ । प्रमुख हतियार समेत रहेका रसेललाई आजको खेलमा उच्च प्रर्दशन गर्नुपर्ने दबाब र आवश्यकता छ । कप्तान मोर्गनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
आबूधाबीको स्लो पिच भएको हुँदा क्रिस ग्रिनको स्थानमा अलराउन्डर सुनिल नारायणलाई मैदान उतार्न सक्छ । प्रमुख तीव्र गतिका बलर प्याट कमिन्सको प्रर्दशन अपेक्षा अनुसार छैन । कमिन्सलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।
शीर्षक्रममा निर्भर हैदराबाद पछिल्लो खेलमा चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको थियो । कप्तान डेभिड वार्नर, जोनी बेयरस्टो र केन विलियम्सनको प्रर्दशनले ठूलो प्रभाव पार्ने देखिन्छ । मध्यक्रममा मनिष पान्डेले उच्च प्रर्दशन गर्न आवश्यक छ । युवा ब्याट्सम्यान प्रियम गर्गको स्थानमा हैदराबादले विराट सिंहलाई मौका दिन सक्छ ।
विराटले भारतीय घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका छन् । खलिल अहमद, टि नटराजन र सन्दीप शर्मा तीव्र गतिको बलरको रुपमा खेल्ने छन् । राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । लगातार योर्कर बल फाल्दै आएका नटराजन कोलकातालाई टाउको दुखाईका बलर बन्न सक्छन् ।
आइपिएलमा हैदराबाद र कोलकाताबीच १८ खेल भएको छ । कोलकाता ११ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]