5 years ago
October 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बई र पन्जाबले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहान्छ ।
शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सले ९ खेलमा ७ मा जित र २ मा हार बेहोरेको छ । पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ । अन्तिम चारमा रहेर प्ले अफ खेल्न पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ । आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । मुम्बई १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ ।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, दिपक हुडा, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगन आश्विन, क्रिस गेल, रबि बिश्रोई, मोहम्मद शामी र क्रिस जोर्डन ।
मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]