5 years ago
October 20, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आजको टोलीमा तीन परिवर्तन गरेको छ । यसअघि राजस्थान रोयल्ससँगको खेलमा घाइते भएका विकेटकिपर ऋषभ पन्त टोलीमा फर्किएका छन् । पन्त फर्किदा विकेटकिपर एलेक्स केरी बेन्चमा बसेका छन् ।
केरी बेन्चमा बस्दा आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर पनि टोलीमा फर्किका छन् । अजिंक्या रहाणे बेन्चमा बसेका छन् । दिल्लीले तीव्र गतिका बलर एनरिच नोर्कियालाई आजको खेलमा बिश्राम दिएको छ । नोर्कियालाई बिश्राम दिँदा अष्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल सामलाई डेब्यू गराएको छ ।
बायाँ हाते साम तीव्र गतिसँगै तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । जसले ब्याटिङ युनिट दिल्लीको थप मजबुत हुने छ । साम २०१९/२० बिग ब्यास लिगका सर्वाधिक विकेट लिने बलर हुन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । क्रिस जोर्डनको स्थानमा अलराउन्डर जेम्श निशमलाई मौका दिएको छ ।
दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली पन्जाबलाई पराजित गर्दै प्लेअफमा पुग्न चाहान्छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । शीर्ष चारमा रहेर प्ले अफ खेल्न पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ ।
जारी सिजनमा लिग चरणको पहिलो खेलमा पन्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । आइपिएलमा दिल्ली र पन्जाबबीच हालसम्म २५ खेल भएको छ । जसमा पन्जाब १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ ।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, दिपक हुडा, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगन आश्विन, क्रिस गेल, रबि बिश्रोई, मोहम्मद शामी र जेम्श निशम ।
दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, ड्यानियल साम र तुषार देशपान्डे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]