5 years ago
October 21, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाउन सक्यो। कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।
कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले दोस्रो ओभरको तेस्रो बलमा विकेटकिपर एबि डि भिलियर्सबाट ओपनर राहुल त्रिपाठीलाई एक रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा नितेश राणा शून्यमा बोल्ड आउट हुन पुगे ।
नवदीप सैनीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुभमन गिल टप एज लागेर मिडविकेटमा एक रनमा क्रिस मोरिसबाट समातिन पुग्दा कोलकाता ३-३ को कमजोर अवस्थामा पुगेको थियो । गिल दबाबमा सम्हालिन नसक्दा उक्त सट खेलेका थिए । सस्तैमा तीन विकेट गुमाएको कोलकाता मध्यक्रमका ब्याट्सम्यान पनि धेरै समय मैदानमा बिताउन सकेनन् ।
शिराजकोनै चौथो ओभरको तेस्रो बलमा टम ब्यान्टन एज लाग्दै डि भिलियर्सबाट १० रनमा क्याच आउट भएपछि कोलकाता १४-४ को कमजोर अवस्थामा पुगेको थियो । ब्यान्टनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिराजले दुबै ओभर विकेटमेडन राखेका थिए । जुन आइपिएल इतिहासमा एकै खेलमा दुई मेडन राख्ने शिराज पहिलो बलर बनेका छन् ।

नवौं ओभरको चौथो बलमा युजभेन्द्र चहलले दीनेश कार्तिकलाई चार रनमा एलबीडब्लू आउट हुन पुगे । सुरुवातमा चहलको आग्रहलाई एम्पायरले नमानेपनी कप्तान विराट कोहलीले रिभ्यु लिदै कार्तिकलाई पेभेलियन फर्काए । कार्तिकले १४ बलको सामना गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा चहलले प्याट कमिन्सलाई ४ रनमा देबदत्त पडिक्कलबाट क्याच आउट गराए ।
कमिन्सले १७ बल खेलेका थिए । स्पिनर वासिन्टन सुन्दरको १६ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा मोर्गन गुरक्रित मानसिंहबाट क्याच आउट हुन पुगेका थिए । लोकी फर्गुसन १६ बलमा १ चौका सहित १९ रनमा अविजित रहे । कुलदीप यादव १२ रनमा रन आउट भएका थिए ।
मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]