default_image

5 years ago

October 21, 2020

सानदार जितसँगै बेंगलोर दोस्रो स्थानमा

208 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

बुधबार राती सम्पन्न आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

बेंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे । गुरक्रित सिंहमानले २६ बलमा ४ चौका प्रहार गरे । कोहलीले १७ बलमा २ चौका प्रहार गरे ।

ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ६.२ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । लोकी फर्गुसनले विकेटकिपर दिनेश कार्तिकबाट फिन्चलाई १६ रनमा क्याच आउट गराए । फिन्चले २१ बलमा २ चौका प्रहार गरे । दुई बल पछि पाडिक्कल २५ रनमा रन आउट हुन पुगे । पाडिक्कले १७ बलमा ३ चौका प्रहार गरे । कोलकाता लोकी फर्गुसनले एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले दोस्रो ओभरको तेस्रो बलमा विकेटकिपर एबी डि भिलियर्सबाट ओपनर राहुल त्रिपाठीलाई एक रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा नितेश राणा शून्यमा बोल्ड आउट हुन पुगे ।

नवदीप सैनीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुभमन गिल टप एज लागेर मिडविकेटमा एक रनमा क्रिस मोरिसबाट समातिन पुग्दा कोलकाता ३(३ को कमजोर अवस्थामा पुगेको थियो । गिल दबाबमा सम्हालिन नसक्दा उक्त सट खेलेका थिए । सस्तैमा तीन विकेट गुमाएको कोलकाता मध्यक्रमका ब्याट्सम्यान पनि धेरै समय मैदानमा बिताउन सकेनन् ।

शिराजकोनै चौथो ओभरको तेस्रो बलमा टम ब्यान्टन एज लाग्दै डि भिलियर्सबाट १० रनमा क्याच आउट भएपछि कोलकाता १४(४ को कमजोर अवस्थामा पुगेको थियो । ब्यान्टनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिराजले दुबै ओभर विकेटमेडन राखेका थिए । जुन आइपिएल इतिहासमा एकै खेलमा दुई मेडन राख्ने शिराज पहिलो बलर बनेका छन् ।

नवौं ओभरको चौथो बलमा युजभेन्द्र चहलले दीनेश कार्तिकलाई चार रनमा एलबीडब्लू आउट गरे । सुरुवातमा चहलको आग्रहलाई एम्पायरले नमानेपनी कप्तान विराट कोहलीले रिभ्यु लिदै कार्तिकलाई पेभेलियन फर्काए । कार्तिकले १४ बलको सामना गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा चहलले प्याट कमिन्सलाई ४ रनमा देबदत्त पडिक्कलबाट क्याच आउट गराए ।

कमिन्सले १७ बल खेलेका थिए । स्पिनर वासिन्टन सुन्दरको १६ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा मोर्गन गुरक्रित मानसिंहबाट क्याच आउट हुन पुगेका थिए । लोकी फर्गुसन १६ बलमा १ चौका सहित १९ रनमा अविजित रहे । कुलदीप यादव १२ रनमा रन आउट भएका थिए ।

मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

बेंगलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा झरेको छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.