5 years ago
October 22, 2020
एजेन्सी– इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग आगमी नोभेम्बर डिसेम्बरमा ओडिआई र टि२० सिरिज खेल्ने भएको छ ।

इंग्ल्यान्ड समान तीन ओडिआई र टि२० आई सिरिजको लागि नोभेम्बर तेस्रो साता दक्षिण अफ्रिका भ्रमणमा निस्किने छ । इंग्ल्यान्ड नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने छ । दक्षिण अफ्रिकासँग टि२० सिरिज खेल्नुअघि एक दिवसिय र दुई टि२० अभ्यास खेल खेल्ने छ ।
नोभेम्बर २१ मा एक दिवसिय अभ्यास खेल खेल्ने छ । नोभेम्बर २३ मा दुई टि२० अभ्यास खेल खेल्ने छ । एकदिवसिय कप टाउन र टि२० अभ्यास बोलान्ड पार्क पार्लमा हुने छ ।
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो टि२० खेल २७ नोभेम्बर र दोस्रो २९ मा हुने छ । पहिलो टि२० कप टाउन र दोस्रो पार्लमा हुने छ । तेस्रो टि२० खेल कप टाउनमा डिसेम्बर १ मा हुने छ । त्यसपछि दुबै टोलीले दुईदिन बिश्राम गर्ने छन् । पहिलो ओडिआई डिसेम्बर ४ मा कप टाउनमा हुने । दोस्रो डिसेम्बर ६ र तेस्रो तथा अन्तिम ९ मा हुने छ । डिसेम्बर १० मा इंग्ल्यान्ड लन्डन फर्किने छ ।
हाल दक्षिण अफ्रिका र इंग्ल्यान्ड दुबै देशका सीमित ओभरका कप्तान सहित केहि प्रमुख खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा छन् । इंग्ल्यान्डका कप्तान ओईन मोर्गन कोलकाता नाइट राइडर्स, जस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर र टम करनले राजस्थान रोयल्सबाट खेलि रहेका छन् । साम करन चेन्नईमा छन् । सनराइजर्स हैदराबादमा जोनी बेयरस्टो छन् ।
दक्षिण अफ्रिका कप्तान क्विन्टन डी कक मुम्बई इन्डियन्स, कागिसो रबाडा र एनरिच नोर्किया दिल्ली क्यापिटल्स, लुन्गी एनगिडी चेन्नई, डेभिड मिलर राजस्थान छन् । अन्य खेलाडीले पनि आइपिएल टोलीमा रहेका छन् । आइपिएलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेलाडीले उच्च प्रर्दशन गरेको हुँदा सिरिजमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]