default_image

5 years ago

October 22, 2020

हैदराबादलाई राजस्थानको मध्यम लक्ष्य

159 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनायो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर रोबिन उथप्पा रन लिन क्रिजको मध्यभागसम्म दौडिएपनि बेन स्टोक्सले पूरा हुने नदेखेपछि नलिन आग्रह गर्दा फर्किने क्रममा जेसन होल्डरको डाइरेक्ट थ्रोमा १९ रनमा रन आउट हुन पुगेका थिए ।

उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि बेन स्टोक्स र सन्जु स्यामसनले ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि हैदराबाद खेलमा फर्किएको थियो । स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे ।

विजय शंकरले १६ औं ओभरको तेस्रो बलमा जस बटलर ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा समातिन पुगे । स्मिथले १५ बलमा २ चौका प्रहार गरे । अर्को बलमा रियान पराग डेभिड वार्नरबाट २० रनमा क्याच आउट हुन पुगे । परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ र राहुल टेवाटिया २ रनमा अविजित रहे । आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जारी सिजनमा पहिलो खेल खेलेका हैदराबादका अलराउन्डर जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.