5 years ago
October 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा अलराउन्डर साम करन र इमरान ताहिरले कीर्तिमान कायम गरेका छन् ।

शुक्रबार मुम्बई इन्डिन्सविरुद्ध ताहिर र करनले आइपिएल इतिहासको नवौं विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् । खराब प्रर्दशन गरको चेन्नईलाई एक सय रनको योगफलको आकडा पार गर्न करन र ताहिरले नवौं विकेटका लागि ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । जुन साझेदारी आइपिएल इतिहासमा नवौं विकेटका लागि भएको उच्च साझेदारी हो ।
यस अघि नवौं विकेटका लागि आइपिएलमा सर्वाधिक साझेदारी सन् २०१३ मा महेन्द्रसिंह धोनी र रविचन्द्रन आश्विनले मुम्बईविरुद्धनै ४१ रनको साझेदारी गरेका थिए । सन् २०१८ मा ब्राभो र ताहिरले मुम्बईविरुद्ध ४१ रनको साझेदारी गरेका थिए ।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । करनले ४७ बलमा ४ चौका र २ छक्का सहित ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]