default_image

4 years ago

October 23, 2020

चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का […]

48 views

0 Bookmark

एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।

नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । नवौं विकेटका लागि आइपिएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी हो । एक समय आइपिएल इतिहासकै कम योगफलको अवस्थामा पुगेको चेन्नईलाई साम करनले बचाएका थिए ।

चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । ओपनर रितुराजलाई ट्रेन्ट बोल्टले एलबिडब्लू आउट अपिल गरेपनि अम्यायरले दिएका थिएनन् । तर कप्तान काइरन पोलार्डले रिभ्यु लिदै बोल्टको अपिललाई सहि सावित गरेका थिए । जुन समय चेन्नईले खाता खोल्न सकेको थिएन ।

जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३–४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको चेन्नईले पाँचौ विकेटका रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।

स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो । धोनीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तर साम करनले राम्रो ब्याटिङ गर्दै रोयल च्यालेनजर्स बेंगलोरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको सबैभन्दा कमयोगफल ४९ को खतरा टरेको थियो । नवौं ओभरको पाँचौ बलमा दीपक चहर स्टम्पिङ आउट भए । दीपक आफ्नो भाई राहुलको बलमा शून्यमा स्टम्पिङ आउट हुन पुगेका थिए ।

४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । ठाकुर १५ औं ओभरको पाँचौ बलमा ११ रनमा यादवबाट क्याच आउट हुन पुगेका थिए । ठाकुरले २० बल खेलेका थिए ।

जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए । राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । नाथन कुल्टर नाइलले एक विकेट लिए ।

चेन्नईको यो इतिहासकै खराब प्रर्दशन हो । यो हारसँगै अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना चेन्नईको लगभग सकि सकेको छ । चेन्नईले अव रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध आइतबार खेल्ने छ । मुम्बईले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले आइपिएलमा १० विकेटको जित दोस्रो पटक निकालेको हो । यसअघि सन् २०१२ मा राजस्थान रोयल्सविरुद्ध १ सय ६३ रनको लक्ष्य १२ बल अगाडि कुनै विकेट नगुमाई पुरा गरेको थियो ।

अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.