default_image

5 years ago

October 24, 2020

चेन्नईले इतिहासकै खराब प्रर्दशन गर्नुका पाँच कारण

160 views

0 Bookmark

एजेन्सी– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा इतिहासकै खराब प्रर्दशन गरेको छ । तीन पटकको च्याम्पियन चेन्नईले यस अघिका सिजनमा फाइनलमा लगातार सहजै स्थान बनाउँदै आएको थियो ।

यसपटक भने चेन्नई पहिलो पटक प्ले अफ नपुगि बाहिरिने पथमा छ । चेन्नई लिग चरणबाट बाहिरिन औपचारिकता बाँकी देखिन्छ । चेन्नई लिग चरणबाट पहिलो पटक बाहिरिने संघारमा पुगेको हो । चेन्नई ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ । चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आइपिएलको उपाधि जितेको थियो ।

आइपिएलको सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नईले सन् २००९ र २०१४ बाहेक अन्य सबै संस्करणमा फाइनल खेलेको थियो । तर यस सिजनमा चेन्नई प्रतियोगिताकै कमजोर टोली देखिएको छ । चेन्नईले आइपिएल इतिहासकै खराब प्रर्दशन गर्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. स्पिनरको कमजोर प्रर्दशन

चेन्नईले खराब प्रर्दशन गर्नुको एक कारण स्पिनरहरुको कमजोर प्रर्दशन हो । चेन्नईको मुख्य हतियार स्पिन आक्रामण रहँदै आएको थियो । चेन्नईका स्पिनरहरुले घरेलु मैदान एम चिदम्बरम स्टेडियममा उच्च प्रर्दशन गर्दै टोलीको जित सहज बनाउँदै आएका थिए ।

यसपटक यूएईमा चेन्नईका स्पिनर चल्न सकेनन् । यस सिजनमा चेन्नईले चार स्पिनर प्रयोग गर्दा कुल १४ विकेट लिएका छन् । रविन्द्र जडेजाले ११ खेलमा ४ विकेट, पियुष चवलाले ७ खेलमा ६ र करण शर्माले ४ खेलमा ४ विकेट लिएका छन् । एक खेल खेलेका इमरान ताहिर विकेट बिहिन छन् । सम्भव त इतिहासमा चेन्नईबाट स्पिनरको खराब प्रर्दशन हुन सक्छ ।

गतवर्ष चेन्नईका पाँच स्पिनरले कुल ६२ विकेट लिएका थिए । ताहिरले २६, हरभजन सिंह १६ र जडेजाले १५ विकेट लिएका थिए । सन् २०१८ मा पनि चेन्नईले उपाधि जित्दा स्पिनरहरुले २८ विकेट लिएका थिए । हरेक सिजनमा चेन्नईको स्पिन आक्रामण हतियारको रुपमा रहँदै आएको थियो । तर यस पटक स्पिनरहरुको प्रर्दशन खराब रह्यो ।

अर्कोतर्फ चेन्नईका तीव्र गतिका बलरको प्रर्दशन पनि निकै खराब रह्यो । दीपक चहर र साम करन बाहेक अन्यको प्रर्दशन सम्झन लायक छैन । चेन्नईका ६ बलरले जम्मा ४० विकेट लिएका छन् । जसमा करन र चहरको नाममा १०–१० विकेट छ ।

४. अक्सनमा आवश्यक खेलाडी नकिन्नु

कुनैपनि टोलीले अक्सनमा कस्तो खेलाडी अनुबन्ध गर्छ त्यसले उसको भविष्य निर्धारण गर्ने गर्दछ । चेन्नई सन् २०२० मा कमजोर टोली मध्य एक मानिन्थ्यो । टोली मजबुत बनाउन अक्सनमा विशेष ध्यानदिनु पर्ने थियो । तर अक्सनमा चेन्नईले आवश्यकता अनुसार खेलाडी अनुबन्ध गर्न सकेको थिएन ।

चेन्नईले अक्सनमा साम करन, पियुष चवला, जोश हेजलवुड र रवि शाई किशोर लगायतका खेलाडी अनुबन्ध गरेको थियो । अक्सनमा भारतीय देवदत्त पाडिक्कल, विराट सिंह, प्रियम गर्ग, राहुल त्रिपाठी लगायतका खेलाडी थिए । विदेशी खेलाडीमा ओईन मोर्गन, टम ब्यान्टन, शिम्रन हेटमायर, मार्कस स्टोइनिस लगायतका चर्चित खेलाडी थिए । जसमा चेन्नईले ब्याटिङ बलियो बनाउन कम्तिमा दुई विश्वस्तरिय खेलाडीलाई मोटो रकम खर्चिएको भए नतिजा सायद फरक आउन सक्थ्यो ।

चेन्नईले अक्सनमा ठूलो रकम खर्चिन चाहेँन । त्यसैको नतिजा अहिलेको अवस्थामा पुगेको छ । बेंगलोरले आफ्नो समस्या समधान गर्न क्रिस मोरिसलाई, दिल्लीले शिम्रन हेटमायर, मार्कस स्टोइनिसलाई र पन्जाबले ग्लेन म्याक्सवेललाई महँगो मूल्य खर्चेको थियो । तर चेन्नईले त्यसो गरेन इतिहासकै कमजोर नतिजा बेहोर्नु पर्यो ।

३. नियमित खेल खेलेका खेलाडीको कमी

चेन्नईले इतिहासकै खराब प्रर्दशन गर्नुको अर्को कारण बुढा खेलाडीको बाहुल्यता हुनु पनि हो । चेन्नईको प्लेइङ ११ मा रहेका अधिकाम्स खेलाडी लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । चेन्नईको पहिलो रोजाईमा खेलेका शेन वाटसन, पियुष चवला, धोनी, अम्बाती रायुडु, केदार जाधव, ड्वेन ब्राभो लगायतका खेलाडी लामो समय देखि मैदान बाहिर थिए ।

चेन्नईमा नियमित अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीमा साम करन र रविन्द्र जडेजा थिए । यी दुबै खेलाडीले प्रर्दशन पनि राम्रो रह्यो । दीपक चहर र जोश हेजलवुड पछिल्लो समय चोटको सामना गर्दै आएका थिए । टोलीमा युवा खेलाडीको बाहुल्यता नहुँदा फिल्डिङ पनि त्यतिनै कमजोर थियो ।
वर्तमान समयमा प्रर्दशनसँगै फिटनेश पनि त्यतिनै महत्वपूर्ण मानिन्छ ।

वर्तमान समयमा नियमित अन्तर्राष्ट्रिय खेलेका खेलाडी टोलीमा नहुँदा चेन्नईले खराब प्रर्दशन गरेको हो । उत्कृष्ट प्रर्दशन गरि रहेको मुम्बईमा रोहित शर्मा, काइरन पोलार्ड, क्विन्टन डी कक, जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट लगायतका खेलाडी छन् । दिल्लीमा शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, कागिसो रबाडा, मार्कस स्टोइनिस र शिम्रन हेटमायरले लगातार अन्तर्राष्ट्रिय खेल लगातार खेल्दै आएका छन् । जसको कारण प्रर्दशन पनि उच्च छ । तर चेन्नईमा त्यसको अभाव हुँदा प्रर्दशन पनि त्यसै अनुसार रह्यो ।

२. रैनाको अनुपस्थिति

यस सिजनमा चेन्नईको ब्याटिङ लाइनअप निकै कमजोर हुनुमा प्रमुख ब्याट्सम्यान सुरेश रैनाले अन्तिम समयमा पारिवारिक नाम फिर्ता लिनुपनि एक कारण हो । रैना आइपिएलका सर्वाधिक दोस्रो सफल खेलाडी हुन् ।

रैनाले आइपिएलमा सिजनमा ४ सय भन्दा कम रन तीन पटक मात्र बनाएका छन् । सन् २०१५, २०१६ र २०१९ मा रैनाले क्रमशः ३७४, ३९९ र ३८४ रन बनाएका थिए । अन्य सबै सिजनमा ४ सय भन्दा माथि रन बनाएका छन् । सन् २०१० मा उपाधि जित्दा कुल ५ सय २० रन बनाएका थिए । २०११ मा दोस्रो उपाधि जित्दा ४ सय ३८ रनको योगदान थिए ।

चेन्नईबाट सुरुवात देखिनै खेल्दै आएका रैनाले राम्रो प्रर्दशन समेत गर्दै आएका थिए । उनको राम्रो प्रर्दशनले अन्य खेलाडीलाई खेल्न सहज समेत हुन्थ्यो । रैना नहुँदा चेन्नईको शीर्षक्रम ब्याटिङ अस्थिरमात्र रहेन लगातार खराब पनि रह्यो । चेन्नईमा यस सिजनमा सर्वाधिक रन फाप डु प्लेसिसले बनाए । डु प्लेसिसले ३ सय ७६ रन बनाएका छन् । अन्य कुनै पनि ब्याट्सम्यानले ३ सय रन बनाउन सकेका छैन् ।

एकै खेलाडीको प्रर्दशनले क्रिकेटमा जित सम्भव हुँदैन । तर टोलीको प्रर्दशन र नतिजामा भने धेरै फरक पार्छ । रैना चेन्नईमा हुन्थें भने सायद नतिजा फरक हुन सक्थ्यों । अन्तिम समयमा रैनाले उक्त निर्णय लिएको हुँदा चेन्नई थप समस्यामा पर्न पुग्यो ।

१. धोनीको कमजोर प्रर्दशन

धोनी चेन्नईका प्रमुख खेलाडी हुन् । चेन्नईको जित र हारमा ब्याटिङ मात्र होईन कप्तानी र विकेटकिपर लगायत सम्पूर्ण कुरमा धोनीको भूमिका महत्वपूर्ण हुन्छ । यस सिजनमा धोनीको प्रर्दशन खराब छ । धोनीले ११ खेलमा १ सय ८० रन बनाएका छन् ।

धोनीको उत्कृष्ट फिनिसिङ सधैं टोलीका लागि महत्वपूर्ण हुन्छ । धोनीले उच्च प्रर्दशन गर्दा अन्य खेलाडीको मनोबल र प्रर्दशनमा समेत प्रभाव पार्ने गर्दछ । तर यस पटक धोनी आफैं संघर्ष गर्दा टोलीलाई पनि त्यसबाट अछुतो राख्न सकेनन् । तल्लोक्रममा धोनीको ब्याटबाट रन निस्किन सकेको छैन ।

गतवर्ष धोनीले उत्कृष्ट प्रर्दशनका साथ ४ सय १६ रन बनाएका थिए । सन् २०१८ मा उपाधि जित्दा ४ सय ५५ रन जोडेका थिए । त्यस अघिका हरेक सिजनमा चेन्नईबाट धोनीले उच्च प्रर्दशन गरेका थिए । चेन्नईबाट धोनीले एक सिजनमा मात्र ३ सय भन्दा कम रन जोडेका छन् । जुन २०१० मा भएपनि चेन्नईले उपाधि जितेको थियो । धोनीको ढल्किँदो उमेरसँगै कमजोर प्रर्दशन हुँदा टोली पनि त्यहि बाटोमा रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.