default_image

5 years ago

October 24, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लने अवसर

180 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ३ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दिल्ली कोलकातालाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्कि हुने छ । कोलकातालाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता १० खेलमा समान ५ मा जित र हार सहित चौथो स्थानमा छ । यसअघि लिग चरणको पहिलो खेलमा दिल्लीले कोलकातालाई १८ रनले पराजित गरेको थियो ।

दिल्लीले प्रस्तुत गरेको २ सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कोलकाता ८ विकेटको क्षतिमा २ सय १० रनमा समेटिएको थियो । दुवै टोली पछिल्लो खेलमा पराजित भएका छन् । दिल्ली किंग्स इलेभेन पन्जाबसँग ५ विकेटले र कोलकाता रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित हुन पुगेका थिए ।

दिल्लीका ओपनर शिखर धवन उत्कृष्ट लयमा छन् । धवनले पछिल्ला दुई खेलमा पन्जाब र चेन्नईविरुद्ध लगातार शतक प्रहार गरेका थिए । धवनको लय दिल्लीको प्रमुख हतियार हुन् । कोलकाता बलरलाई धवन टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । तर अर्का ओपनर पृथ्वी शा भने पछिल्लो खेलमा खराब प्रर्दशन गरि रहेका छन् । उनलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ ।

कप्तान श्रेयस ऐर, ऋषभ पन्त र शिम्रन हेटमायरको प्रर्दशनले मध्यक्रम निकै प्रभाव पार्ने छ । मार्कस स्टोइनिस कोलकातालाई टाउको दुखाई बन्न सक्ने अलराउन्डर हुन् । तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । १० खेलमा २१ विकेट लिएका छन् । पन्जाबविरुद्ध ४ ओभरमा ३० रन खर्चेका ड्यानियल साम्सको स्थानमा एनरिच नोर्कियालाई मौका दिन सक्छ । २ ओभरमा ४१ रन खर्चेका तुषार देशपान्डेको स्थानमा मोहित शर्मा वा हर्षल पटेल मध्य एकलाई स्थान दिन सक्छ । नेपाली स्पिनर सन्दीप लामिछानेको दिल्लीमा आजको खेलमा पनि सम्भावना देखिदैन ।

कोलकाता पछिल्लो खेलमा बेंगलोरसँग ८४ रनमा समेटिएको थियो । उक्त प्रर्दशनलाई बिर्सेर कोलकाता उच्च प्रर्दशन गर्न चाहन्छ । उक्त खेलमा कप्तान ओईन मोर्गनले सर्वाधिक ३० रनको योगदान दिएका थिए । ओपनर सुभमन गिल नितेश राणा, राहुल त्रिपाठी र विकेटकिपर दीनेश कार्तिकले लगातार कमजोर प्रर्दशन गर्दै आएका छन् । यी चार ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ ।

कप्तान मोर्गनको प्रर्दशन कोलकातालाई निकै महत्त्वपूर्ण हुने छ । बलिङमा तीव्र गतिका बलर लोकी फर्गुसन प्रमुख हतियार हुन् । उनले खेलेका पछिल्ला दुबै खेलमा उच्च प्रर्दशन गरेका थिए । फर्गुसन देखि दिल्लीका ब्याट्सम्यान सहज हुन आवश्यक देखिन्छ ।

बरुण चक्रबर्तीको स्थानमा शिवम माभीलाई मौका दिन सक्छ । प्याट कमिन्सले अपेक्षा अनुसार प्रर्दशन गर्न नसक्नु कोलकातालाई अर्को चिन्ताको विषय हो । घाइते आन्द्रे रसेल र सुनिल नारायणले आजको खेल खेल्ने वा नखेल्ने अनिश्चित छ । यी दुबै खेलाडी उपलब्ध नभए टम ब्यान्टनले टोलीमा निरन्तरता पाउने छन् । आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । कोलकाता १३ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ ।

आइपिएलको अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.