default_image

5 years ago

October 24, 2020

कोलकाताविरुद्ध पहिला बलिङ गर्दै दिल्ली

160 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऎरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । पृथ्वी शाको स्थानमा अजिका रहाणे र ड्यानियल साम्सको स्थानमा एनरिच नोर्कियालाइ खेलाएको छ । कोलकाताले पनि दुई परिवर्तन गरेको छ । कमलेश नगरकोटी र सुनिल नारायणलाई मौका दिएको छ । टम ब्यान्टन र कुलदिप यादवलाइ बेन्चमा राखेको छ ।

दिल्ली कोलकातालाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्कि हुने छ । कोलकातालाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता १० खेलमा समान ५ मा जित र हार सहित चौथो स्थानमा छ । यसअघि लिग चरणको पहिलो खेलमा दिल्लीले कोलकातालाई १८ रनले पराजित गरेको थियो । दिल्लीले प्रस्तुत गरेको २ सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कोलकाता ८ विकेटको क्षतिमा २ सय १० रनमा समेटिएको थियो । दुबै टोली पछिल्लो खेलमा पराजित भएका छन् । दिल्ली किंग्स इलेभेन पन्जाबसँग ५ विकेटले र कोलकाता रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित हुन पुगेका थिए ।

आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । कोलकाता १३ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ ।

कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), सुनिल नारायण , दिनेश कार्तिक (विकेटकिपर), प्रसिद्ध कृष्णा, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कमलेश नगरकोटी

दिल्लीको प्लेइङ ११ – अजिका रहाणे, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्किया र तुषार देशपान्डे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.