5 years ago
October 24, 2020
एजेन्सी– स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ ।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । दिल्लीले पहिलो ओभरको पहिलो बलमै ओपनर अजिंक्या रहाणेलाई शून्यमा गुमाएको थियो । रहाणेलाई प्याट कमिन्सले शून्यमा एलबिडब्लू आउट गरेका थिए । तेस्रो ओभरको तेस्रो बलमा कमिन्सले शिखर धवनलाई ६ रनमा बोल्ड आउट गर्दै कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ६३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेपनि स्पिनर बरुण चक्रबर्तीले पूरा हुन दिएनन् । १२ औं ओभरको दोस्रो बलमा बरुणले पन्तलाई सुभमन गिलबाट २७ रनमा उत्कृष्ट क्याच आउट गराउँदै उक्त साझेदारी तोडेका थिए । पन्तले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
बरुणको १४ औं ओभरको दोस्रो बलमा शिम्रन हेटमायर राहुल त्रिपाठीबाट १० रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा ऐर कमलेश नगरकोटीबाट ४७ रनमा क्याच आउट भएपछि दिल्लीको जित टाढिएको थियो । ऐरले ३८ बलमा ५ चौका प्रहार गरे ।
चक्रबतीले १६ औं ओभरमा मार्कस स्टोइनिस र अक्षर पटेलको विकेट लिदै जित सहज बनाएका थिए । १६ औं ओभरको पहिलो बलमा स्टोइनिस ६ रनमा त्रिपाठीबाट क्याच आउट भए । चार बलपछि अक्षर पटेल ९ रनमा बोल्ड आउट हुन पुगे ।
तल्लोक्रममा कागिसो रबाडा ९ र तुषार देशपान्डे १ रनमा आउट भए । रविचन्द्रन आश्विन १४ रनमा अविजित रहे । स्पिनर बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदै जित पक्का गराए । प्याट कमिन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनको नाममा एक विकेट रह्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले शतकीय साझेदारी गरेका थिए । उत्कृष्ट ब्याटिङ गरेका नितेशले ५३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए ।
नारायणले ३२ बलमा ६ चौका र ४ छक्का सहित ६४ रनको योगदान दिए । चौथो विकेटका लागि नितेश र सुनिलले १ सय १५ रनको शतकीय साझेदारी गरेपछि कमजोर सुरुवातको बाबजुद उत्कृष्ट पूनरागमन गर्दै कोलकाताले बलियो योगफल तयार पारेको हो ।
तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर सुभमन गिललाई अक्षर पटेलबाट ९ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । नोर्कियाले छैटौं ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई १३ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाए । आठौं ओभरको दोस्रो बलमा कागिसो रबाडाले पन्तबाट दीनेश कार्तिकलाई तीन रनमा क्याच आउट गराएपछि कोलकाता ४२–३ को कमजोर अवस्थामा पुगेको थियो ।
तर चौथो विकेटका लागि सुनिल नारायण र नितेश राणाले उत्कृष्ट साझेदारी गरेपछि कोलकाताले दिल्लीसामु बलियो लक्ष्य प्रस्तुत गरेको हो । यी दुईबीचको साझेदारी रबाडाले १७ औं ओभरको चौथो बलमा अजिंक्या रहाणेबाट नारायणलाई क्याच गराउँदै तोड्न पुगेका थिए । ठूलो सट खेलेका नारायण स्क्वायर लेग बाउन्ड्री नजिक समातिन पुगेका थिए ।
नितेशलाई अन्तिम ओभरको पाँचौ बलमा मार्कस स्टोइनिसले तुषार देशपान्डेबाट क्याच आउट गराएका थिए । नितिशले अर्धशतक प्रहार गरेपछि शुक्रबार ज्यान गुमाएका आफ्ना ससुरा सुरिन्दरको नाम अंकित जर्सी देखाउँदै उनलाई समपर्ण गरेका थिए । अन्तिम बलमा ठूलो सट खेलेका कप्तान ओईन मोर्गन ९ बलमा २ चौका र १ छक्का सहित १७ रनमा रबाडाबाट क्याच आउट हुन पुगे ।
एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे । दिल्लीले अव मंगलबार सनराइजर्स हैदराबादसँग खेल्ने छ । कोलकाताले किंग्स इलेभेन पन्जाबसँग सोमबार खेल्ने छ ।
आइपिएलको अंक तालिका
मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हार दोस्रो स्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा छ ।
पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]