default_image

5 years ago

October 24, 2020

हैदराबादलाई पन्जाबको मध्यम लक्ष्य

120 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १ सय २७ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनायो । पन्जाबको लागि निकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए ।

पन्जाबले पाँचौ ओभरको अन्तिम बलमा ओपनर मनदीप सिंहलाई १७ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा राशिद खानबाट क्याच आउट हुनुअघि सिंहले १४ बलमा १ चौका प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान क्रिस गेललाई जेसन होल्डरले डेभिड वार्नरबाट लङअफमा २० रनमा क्याच आउट हुन पुगे । गेलले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुललाई राशिदले २७ रनमा बोल्ड आउट गरे । राहुलले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार खराब प्रर्दशन गर्दै आएका ग्लेन म्याक्सवेलले हैदराबादविरुद्ध पनि पन्जाबलाई निराश बनाउन पुगे । सन्दीपले म्याक्सवेललाई १४ औं ओभरको चौथो बलमा १२ रनमा क्याच आउट गराएपछि पन्जाब समस्यामा परेको थियो । १५ औं ओभरको दोस्रो बलमा दीपक हुडालाई राशिदले शून्यमा स्टम्पिङ आउट गराए ।

जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.