5 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर इसुरु उडानाको स्थानमा अलराउन्डर मोईन अलीलाई मौका दिएको छ । धोनीले टोलीमा दुई परिवर्तन गरेका छन् । स्पिन अलराउन्डर मिचेल सान्टनारलाई तीव्र गतिका बलर जोश हेजलवुडको स्थानमा मौका दिएका छन् । त्यस्तै सार्दुल ठाकुरको स्थानमा मोनु कुमारलाई मौका दिएका छन् ।
बेंगलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बेंगलोरको प्ले अफमा स्थान लगभग पक्का पक्कि हुने छ । चेन्नई आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने छ । चेन्नई आजको खेलमा पराजित भए आइपिएल इतिहासमा लिग चरणबाट पहिलो पटक बाहिरिने छ ।
चेन्नई ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । समान १४ अंक भएपनि नेट रन रेटको आधारमा मुम्बई इन्डियन्स शीर्ष र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छन् । यसअघि लिग चरणको पहिलो खेलमा चेन्नई बेंगलोरसँग ३७ रनले पराजित भएको थियो ।
चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, इमरान ताहिर, फाफ डु प्लेसिस, मोनु कुमार, रितुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, नारायण जगदिशन र मिचेल सान्टनार ।
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, मोहम्मद शिराज, वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, नवदीप सैनी, मोईन अली र युजभेन्द्र चहल
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]