5 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर नाथन कुल्टर नाइलको स्थानमा जेम्स प्याटिनसनलाई मौका दिएको छ ।
मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भए प्ले अफमा स्थान पक्का हुनेछ । यता ११ खेलमा ७ मा हार र ४ मा जित सहित पुछारमा रहेको राजस्थानलाई झिनो अंक गणीय आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।
आजको खेलमा पराजित भएमा राजस्थानको अघिल्लो चरणको यात्रा समाप्त हुने छ । राजस्थान र मुम्बईबीच आइपिएलमा कुल २२ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जारी सिजनको आइपिएलमा लिग चरणको पहिलो खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।
मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड(कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, सौरभ तिवारी , जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, अंकित राजपुत र बेन स्टोक्स
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]