default_image

5 years ago

October 25, 2020

हार्दिकको विष्फोटक ब्याटिङमा मुम्बईको बलियो योगफल

177 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९६ रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहे । हार्दिकले अन्तिम ओभरमा कार्तिक त्यागीलाई तीन छक्का र दुई चौका गरि कुल २७ रन जोडेका थिए ।

तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको पाँचौ बलमा क्विन्टन डी ककलाई ६ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११ औं ओभरको चौथो बलमा कार्तिक त्यागीले जोफ्रा आर्चरबाट ईशान किशनलाई ३७ रनमा क्याच आउट गराए । किशनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रेयस गोपालले १३ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सबाट सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट गराए । यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए ।

आर्चरको १९ औं ओभरको पहिलो बलमा सौरभ तिवारी ३४ रनमा स्टोक्सबाट क्याच आउट भए । तिवारीले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि तिवारी र पान्ड्याले ६४ रनको साझेदारी गरेका थिए । जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.