default_image

5 years ago

October 26, 2020

चेन्नई पहिलो पटक प्लेअफ पुग्न असफल

189 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिएको छ ।

आइतबार राती राजस्थान रोयल्सले शीर्षस्थानको मुम्बई इन्डियन्समाथि ८ विकेटको जित निकालेसँगै चेन्नई औपचारिक रुपमा बाहिरिएको हो । आइपिएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट बाहिरिन पुगेको हो । यस अघिका संस्करणमा लगातार फाइनलमा सहजै स्थान बनाउदै आएको चेन्नई यो पटक खराब प्रर्दशनका साथ बाहिरिएको छ । यस अघिका सबै संस्करणमा चेन्नईले सहजै प्ले अफमा स्थान बनाउँदै आएको थियो ।

महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले तीन पटक उपाधि जितेको थियो । सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो । पाँच पटक फाइनलमा पराजित भएको थियो । यस अघि चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा पुग्न सकेको थिएन ।

अन्य सबै संस्करणमा फाइनल सम्म पुगेको थियो । सुरुवात देखिनै धोनीले उत्कृष्ट कप्तानीका साथ सफलता दिलाउँदै आएका थिए । तर यस पटक इतिहासकै खराब प्रर्दशन गर्न पुग्यो । चेन्नई लिग चरणका दुई खेल बाँकी हुँदा १२ खेलमा ८ खेलमा हार र ४ मा जित सहित ८ अंकका साथ पुछारमा छ । चेन्नईले अब दुई खेल खेल्न बाँकी छ । चेन्नईले बिहिबार कोलकाता नाइट राइडर्स र आइतबार किंग्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघिका संस्करणमा चेन्नईको प्रर्दशन

चेन्नई पहिलो संस्करणमै फाइनलमा पुगेको थियो । चेन्नई फाइनलमा राजस्थानसँग तीन विकेटले पराजित भएको थियो । सन् २००९ मा चेन्नई सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१० र २०११ मा चेन्नईले लगातार उपाधि जित्यो । सन् २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो । सन् २०११ मा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५८ रनले पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१२ को फाइनलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

सन् २०१३ मा मुम्बइले चेन्नईलाई २३ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ मा चेन्नई तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । सन् २०१५ मा चेन्नई फाइनलमा मुम्बईसँग ४१ रनले पराजित भएको थियो । सन् २०१६ र २०१७ मा भने प्रतिबन्धमा परेको थियो । सन् २०१८ मा चेन्नईले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको थियो । गतवर्ष मुम्बईसँग फाइनलमा एक रनले पराजित भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.