5 years ago
October 27, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । हैदराबादले भने तीन परिवर्तन गरेको छ । ओपनर जोनी बेयरस्टोको स्थानमा केन विलियम्सन, प्रियम गर्गको स्थानमा ऋद्धिमान शाह र खलिल अहमदको स्थानमा शहबाज नदीमलाई मौका दिएको छ ।
दिल्ली आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिनुको साथै प्लेअफमा पुग्नेछ । हैदराबादलाई प्ले अफको झिनो आशालाई कायमै राख्न आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भए हैदराबाद आधिकारीक रुपमा प्लेअफ दौडबाट बाहिरिने छ । दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा छ । दिल्ली हैदराबादसँग सजग छ ।
दिल्लीको प्लेइङ ११ – अजिका रहाणे, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्किया र तुषार देशपान्डे ।
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), केन विलियम्सन, मनिष पान्डे, विजय शंकर, ऋद्धिमान शाह (विकेटकिपर) , अब्दुल सामद , जेसन होल्डर, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र शहबाज नदीम ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]