5 years ago
October 27, 2020
एजेन्सी – ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहको उत्कृष्ट प्रर्दशनको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनायो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।
हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । पहिलो विकेटका लागि वार्नर र शाहले ९.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।
एनरिच नोर्कियाले ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]