default_image

5 years ago

October 28, 2020

हैदराबादसँग दिल्लीको फराकिलो हार

175 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो । दिल्लीका विकेटकिपर ऋषभ पन्तले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए ।

दिल्लीले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै सन्दीप शर्माले ओपनर शिखर धवनलाई डेभिड वार्नरबाट शून्यमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस पाँच रनमा क्याच आउट हुन पुगे । स्टोइनिसलाई शहबाज नदीमले वार्नरबाटै क्याच आउट गराएका थिए । सातौं ओभरको पहिलो बलमा राशिद खानले शिम्रन हेटमायरलाई १६ रनमा बोल्ड आउट गरे । चार बलपछि अजिंक्या रहाणे २६ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । रहाणेले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विजय शंकरले १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐरलाई ७ रनमा केन विलियम्सनबाट क्याच आउट गराए । १३ औं ओभरको पाँचौ बलमा अक्षर पटेल १ रनमा क्याच आउट हुँदा दिल्ली ८३–६ को कमजोर अवस्थानमा पुगेपछि जितको आशा पनि टाढिएको थियो । टि नटराजनले कागिसो रबाडालाई ३ रनमा बोल्ड आउट गरे । तुषार देशपान्डेले ९ बलमा २ चौका र १ छक्का सहित २० रन जोड्दै हारको अन्तर घटाए ।

राशिद खानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले २, विजय शंकर, शहबाज नदीम र जेसन होल्डरले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।

हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । पहिलो विकेटका लागि वार्नर र शाहले ९.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।

एनरिच नोर्कियाले ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् । दिल्लीले अब शनिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबारनै रायल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । यो हारसँगै दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा झरेको छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

कोलकाता १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.